×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

३१ चैत , विराटनगर।

विराटनगरस्थित बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टले विद्यार्थीहरुका लागि १० दिने बेकरी तालिम सम्पन्न गरेको छ ।

यसै शैक्षिक सत्रदेखि संचालनमा आएको स्कुलले कक्षा ११ का विद्यार्थीहरुका लागि निःशुल्क रुपमा बेकरी तालिमको आयोजना गरेको हो ।

शैक्षिक क्यालेन्डर अनुशार स्नातक तहमा मात्रै बेकरीको अध्ययन र प्रयोगात्मक पाक कला हुने भएपनि विद्यार्थीको दक्षता र समयानुकुल क्षमता अभिबृद्धिका लागि निःशुःल्क रुपमा बेकरी तालिम आयोजना गरिएको बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टका प्रवन्ध निर्देशक मनोज राजवंशीले जानकारी दिए ।

आफूहरुले विद्यार्थीहरुको विकासका लागि अभिभावसँग जनाएको प्रतिवद्धता र घरमै केक लगायतका बेकरी बनाएर खान सकियोस् भनेर ११ कै विद्यार्थीहरुलाई बेकरी तालिम दिइएको उनले जानकारी दिएका छन् ।

तालिमममा सहभागी ४ दर्जनभन्दा बढी विद्यार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको उनले बताए ।

स्नातकमा सिक्नसकिने बेकरी तालिम बेएसएनले कक्षा ११ मा सिकाएको भन्दै सहभागि विद्यार्थीहरुले पनि खुशी ब्यक्त गरेका छन् ।

राजवंशीले एसईई दिएर बसेका विद्यार्थीहरुका लागि पनि केही दिनमै १० दिने निःशुल्क बेकरी तालिम सुरु गर्ने समेत बताएका छन् ।

एसईईपछि होटल म्यानेजमेन्ट अध्ययन गर्ने योजना बनाएका विद्यार्थीहरुलाई लक्षित गर्दै निःशुल्क बेकरी कोर्स सुरु गर्न लागिएको उनले बताएका छन् ।

यसै शैक्षिक सत्रदेखि विद्यार्थीहरुलाई प्लस टु मै दक्ष बनाउने गरी विराटनगरमा एक्सक्लुसिभ बीएसएन स्कुल अफ होटल म्यानेजमेन्टको स्थापना भएको राजबंशीले बताएका छन्।

अहिले बीएसएनको पहिलो ब्याचमा ५ दर्जन भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top