९ चैत्र, काठमाडौँ ।
चौतर्फी आलोचना र विरोधपछि बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटाएको छ ।
बुद्ध एयरले लामो दूरीका बस सेवा सूचारु नहुन्जेलसम्म यात्रुहरुलाई राहतस्वरुप अधिकतम हवाई भाडादर घटाएको जानकारी दिएको छ । विषम परिस्थितमा नेपाली यात्रुहरुलाई थप सजिलो र राहतका लागि अधिकतम भाडादर आज (आइतबार)को मितिदेखि घटाइएको बुद्ध एयरले एक सूचना जारी गर्दै जानकारी दिएको हो ।
बुद्ध एयरले सार्वजनिक गरेको सूचना अनुसार यसअघि १४ हजार १ सय २५ रहेको काठमाडौँ–धनगढीको अधिकतम हवाई भाडादर घटाएर अहिले ७ हजार ९ सय कायम गरिएको छ ।
यस्तै काठमाडौँ–विराटनगरको ५ हजार ५ सय, काठमाडौँ–भैरहवाको ४ हजार ९ सय, काठमाडौँ–नेपालगञ्जको ६ हजार ३ सय , काठमाडौँ–भद्रपुरको ६ हजार २ सय, काठमाडौँ–पोखराको ३ हजार ७ सय र काठमाडौँ–राजविराजको ४ हजार २ सय अधिकतम भाडादर कायम गरिएको बुद्ध एयरले जनाएको छ ।