×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बुफोनले नेपालीलाई भने नमस्ते, केपी ओली कपमा भेट्ने

१६ फाल्गुन २०८१

१४ फागुन, एजेन्सी ।

इटालीका विश्व चर्चित विश्वविजेता गोलकिपर जियोनलियोजी बुफोनले आफू नेपाल आउन लागेको जानकारी दिएका छन् । उनले आफू केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल हेर्न नेपाल आउन लागेको भिडिओ सन्देशमार्फत जानकारी दिएका हुन् ।

आइतबार काठमाडौंको दशरथ रङ्शालामा हुने उक्त फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहने यसअघि नै आयोजक नेकपा एमालेको भ्रातृ सङ्गठन नेपाल युवा सङ्घले जानकारी दिएको थियो । बुफोनले आफैँले शुक्रबार यसको पुष्टि गरेका छन् ।

भिडिओमा उनले नेपाली भाषामा ‘नमस्ते सबैजनालाई’ भनेका छन् । त्यसपछि अङ्ग्रेजीमा उनले थपेका छन् । ‘जिजी बुफोन हेयर । म मार्च पहिलो साता नेपाल आउँदै छु । केपी ओली कपको फाइनलको प्रमुख अतिथिको रुपमा आउँदैछु । सबैसँग त्यहीँ भेटौँला !’

सन् २००६ को फिफा विश्वकप विजेता बुफोन इटालीका लागि सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् । उनले इटालीका लागि कीर्तिमानी १७६ खेल खेलेका छन् । इटालीबाट ८० खेलमा कप्तानीसमेत गरेका उनले ५ वटा विश्वकप खेलेका थिए ।

हाल ४७ वर्ष पुगेका बुफोनले १० पटकका इटालियन सिरी ‘ए’को उपाधि जितेका छन् । सन् २०१८ मा उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए । व्यावसायिक खेल जीवन भने उनले सन् २०२३ मा सकेका थिए ।

बुफोन विश्वकै उत्कृष्ट गोलकिपरमध्ये एक हुन् । बुफोन इटालीको टस्क्यानीमा सन् १९७८ को जनवरी २८ मा जन्मिएका थिए । उनको परिवार नै इटालीका खेल क्षेत्रमा थियो । बुबा एड्रआनो भारत्तोलनमा थिए ।

आमा मारिया स्टेला डिस्क थ्रोअर र उनका दुई दिदी भेरोनिका र ग्युअनडालिना इटालियन भलिबल टोलीमा थिए । १३ वर्षको उमेरमा उनले मिडफल्डरका रूपमा पार्माबाट खेलेका थिए । सन् १९९५ सम्म उनी मिडफिल्डरकै रूपमा रहे ।

त्यसपछि उनले आफ्नो भूमिका परिवर्तन गर्दै गोलकिपर बने । पार्माबाट गोलकिपरका रूपमा उनले दुई सयभन्दा बढी खेल खेलेका थिए । पार्माबाट उनले ‘सिरी ए गोलकिपर अफ द इयर’को उपाधि दुईपटक पाए ।

यस्तै, २३ वर्षमुनिका खेलाडीहरूलाई युरोपमा दिइने ‘ब्राभो अवार्ड’ पनि उनले पाएका थिए ।युवा संघ नेपालका अनुसार १ लाख डलर अर्थात नेपाली १ करोड ३८ लाखसम्ममा नेपाल आउन उनी राजी भएका हुन् । बुफोनलाई नेपाल ल्याउन हवाइ टिकट तथा बस्ने खर्चसहित करिब डेढ

करोड रूपैयाँ खर्च हुनेछ । युवा संघ नेपालका सचिव निरोज पौडेलले बुफोन १७ फागुनमा काठमाडौं आइपुग्नेछन् । सचिव पौडेलका अनुसार सुरुमा ब्राजिलियन स्टार रोनाल्डिन्हो र रोबेर्टो कार्लोसलाई नेपाल ल्याउन प्रस्ताव गरिएको थियो ।

कार्लोसले नेपाल आउने इच्छा पनि देखाएका थिए । तर, कार्यक्रम जुधेको भन्दै अन्तिममा कार्लोसले नेपाल आउने कार्यक्रमलाई स्थगित गरेको सचिव पौडेलले बताए । त्यसपछि विश्वविजेता गोलकिपर बुफोनलाई प्रस्ताव गरिएको पौडेलले बताए । बुफोन करिब एक साता काठमाडौंमा रहने छन् ।

उनलाई माउन्टेन फ्लाइटमार्फत सगरमाथाको अवलोकन गराउने र समय मिलेसम्म लुम्बिनी र पोखराको भ्रमण पनि गराउने तयारी छ । सचिव पौडेलका अनुसार, बुफोनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका राजनीतिक दलका नेताहरूलाई पनि भेट्ने छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top