Nepal Times
Nepal Times
3
Shares

बेलायतमा कोरोना खोपले बिरामी हुने दर ८० प्रतिशतभन्दा बढीले घटायो

बेलायतमा कोरोना खोपले बिरामी हुने दर ८० प्रतिशतभन्दा बढीले घटायो

१८ फागुन, एजेन्सी । बेलायतले कोरोनाविरुद्धको खोपले कोरोना सङ्क्रमणका कारण अस्पताल पुग्नुपर्ने अवस्थालाई ८० प्रतिशतभन्दा धेरैले घटाएको पाइएको छ ।

बेलायतमा खोप लगाइसकेपछिको र लगाउनुअघिको तथ्याङ्कलाई गरिएको अध्ययनमा खोप लगाएका मानिसमा कोरोना सङ्क्रमण भए पनि गम्भिर अवस्थामा पुग्ने वा अस्पताल नै जानुपर्ने अवस्थालाई ८० प्रतिशत घटाएको पाइएको बीबीसीले जनाएको छ ।

बेलायतको स्वास्थ्य विभागले गरेको अध्ययनमा खोप लगाएको तेश्रो अथवा चौथो हप्तापछि सङ्क्रमण वा जटिल बिरामी हुने जोखिम कम भएको देखिएको हो ।

बेलायतमा प्रयोग भइरहेका अक्सफोर्ड, एष्ट्राजेनिका र फाइजर बायोएनटेकले उत्पादन गरेका खोपको पहिलो डोज लगाएका ८० वर्षमाथिका व्यक्तिमाथि अध्ययन गरिएको बीबीसीले जनाएको छ।

दुवै खोपको पहिलो डोजले नै ८० प्रतिशत जोखिम घटाएको र दोस्रो डोजपछि जोखिम अझै घट्ने देखिएको बेलायती स्वास्थ्य विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । बेलायतमा दुई करोडभन्दा धेरै मानिसले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाइसकेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.