Nepal Times
Nepal Times
3
Shares

बेलायतले निर्माण गरिरहेको कोरोना विरुद्धका खोपमा केही तथ्यगत खराबी देखियो

बेलायतले निर्माण गरिरहेको कोरोना विरुद्धका खोपमा केही तथ्यगत खराबी देखियो

१२ मंसिर, काठमाडाैँ ।

गत सोमबार मात्रै बेलायतको अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले निर्माण गरिरहेको कोरोना विरुद्धको खोप सबैभन्दा सस्तो र प्रभावकारी भएको समाचार आएको थियो ।

जुन अमेरिकी खोपहरु फाइजर बायो एनटेक र मोर्डनाले निर्माण गरिरहेका खोपभन्दा सस्तो र वितरण तथा भण्डारण गर्न सहज भएको बताइएको थियो । तर खोप परीक्षणको क्रममा केही तथ्यगत खराबी रहेको समाचार बेलायत तथा अमेरिकी संचार माध्यमहरुले सम्प्रेषण गरेका छन् ।

खोपको सुरक्षाका विषयमा कुनै दुविधा नभए पनि प्रभावकारिताको तहका विषयमा भने प्रश्न उठेको छ । खोपका सम्बन्धमा गरिएका तीन वटा परीक्षणमा समग्रमा ७० प्रतिशत प्रभावकारी देखिएको पाइएको छ । न्युनतम ६२ प्रतिशत र उच्चतम ९० प्रतिशत प्रभावकारी पाइएको थियो । यस्तो नतिजा भुलबस खोपका फरक फरक डोजहरु प्रयोग गरिएकाले भएको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.