Nepal Times
Nepal Times
3
Shares

‘बैंकिङ, विमा र पूँजी बजार प्रर्दशनी’ काठमाडौंमा सुरु

‘बैंकिङ, विमा र पूँजी बजार प्रर्दशनी’ काठमाडौंमा सुरु

१ मंसिर, काठमाडौं । काठमाडौंमा ‘बैकिङ, बिमा र पूँजी बजार प्रदर्शनी’ सुरु भएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आईतबारबाट २ दिने प्रदर्शनी सुरु भएको हो । प्रर्दशनीको उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले सो प्रदर्शनीबाट लाभ लिन सबै उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे ।

बैंक तथा वित्तिय संस्थाका सबै जानकारीहरु एकैथलोमा पाउने भएकाले यसबाट उद्योगी व्यवसायीहरुले ठूलो लाभ लिन सक्ने उनको भनाई छ । गभर्नर नेपालले आर्थिक गतिविधि अघि बढाउन आयोजना गरिएको त्यस्ता प्रदर्शनीहरुमा कम सहभागिता भएको भन्दै बैंक तथा वित्तिया संस्थाहरुप्रति पनि असन्तुष्टि व्यक्त गरे ।

प्रदर्शनीमा ४८ वटा बैंक तथा वित्तिय संस्थाहरुको स्टल राखिएका छन् । गभर्नर नेपालले सो प्रदर्शनीको सदुपयोग गरेर पूँजी बजार र विमाबारे आवश्यक जानकारी लिन पनि सबै पक्षलाई सचेत गराए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.