Nepal Times
Nepal Times
3
Shares

बैतडीमा जिप दुर्घटना : तीन जना घाइते

बैतडीमा जिप दुर्घटना : तीन जना घाइते

४ असोज, बैतडी ।

बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

दशरथचन्द नगरपालिका–७ ढणौनबाट देहिमाण्डौँतर्फ जादैँ गरेको भे १ च १११६ नम्बरको जिप बिहान साढे ९ बजे दुर्घटनामा परेको हो ।

२६ वर्षीय चालक जनक चन्दको हातमा चोट लागेको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरी चौकी देहिमाण्डौँका प्रहरी सहायक निरीक्षक केशबसिंह भण्डारीले बताए ।

उकालोमा ब्रेक फेल भएकाले दुर्घटना भएको हुनसक्ने र यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.