Nepal Times
Nepal Times
3
Shares

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु, ५ जना घाइते

बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु, ५ जना घाइते

९ मंसिर, बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप मंगलबार दिउँसो पौने २ बजे बुढ्ढा नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले जानकारी दिए ।

दुर्घटनामा ५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएको छ ।

घाइते तथा मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । चालक फरार रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.