×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बैतडीमा वडाध्यक्षमाथि कार्यकक्षमै कुटपिट

६ जेष्ठ २०७७

६ जेष्ठ, बैतडी ।
बैतडीमा दुईजना जनप्रतिनिधि कुटिएका छन् ।

पुर्चौडी नगरपालिकाका प्रमुख रणबहादुर कुँवर र दोगडाकेदार गाउँपालिका ७ का वडाअध्यक्ष भरत महरा कुटिएका हुन् । नगरप्रमुख कुँवरमाथि सोमबार दिउँसो कार्यकक्षमै कुटपिट भएको पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता दलबहादुर धामीले जानकारी दिए ।

स्थानीय युवाको एक समूहले नगरप्रमुख कुवँरमाथि कुटपिट गर्नुका साथै कार्यकक्ष र कार्यालयमा समेत तोडफोड गरेका छन् । कार्यालयको कम्प्युटर, ल्यापटप र कुर्सी, टेबुल समेत तोडफोड गरिएको प्रवक्ता धामीले बतए । आइतबार नगरप्रमुख कुँवरले ईलाका हुलाक कार्यालयमा कार्यरत दिलबहादुर धानुकमाथि कुटपिट गरेको भन्दै स्थानीय युवाले कार्यालयमा तोडफोड र जनप्रतिनिधिमाथि हातपात गरेको बताएका छन् ।

पुर्चौडीका स्थानीय समेत रहेका धानुकसँग भएको विवादका क्रममा नगरप्रमुख कुँवरले कुटपिट गरेको र उल्टै धानुकलाई पक्राउ गर्दै अभद्र व्यवहारको मुद्दा लगाइएको भन्दै धानुकका दुई छोरा र एक स्थानीयले आक्रोसित हुँदै नगरपालिकाको कार्यालयमा तोडफोड गर्दै कर्मचारी र जनप्रतिनिधिमाथि हातपात गरेको बताइएको छ ।

मदिरा सेवन गरेका बेला आइतबार हुलाकका कर्मचारी धानुकलाई नगरप्रमुख कुँवरले हातपात गरेको आरोप तोडफोड गर्ने पक्षको रहेको छ । हातपात र कार्यालयमा क्षति गर्ने तीनजनालाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

स्थानीय रमेश धानुक, पुस्कर धानुक र चन्द्र भण्डारीलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै दोगडाकेदार गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष भरत महरा पनि कुटिएका छन् ।

सोमबार स्थानीय सिल्लेगडा बजारमा युवाको एक समूहले वडाअध्यक्ष महरालाई कुटेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए । लकडाउनको उल्लंघन गर्दै गाडी किन चलाएको भन्दै युवाहरुलाई वडाअध्यक्ष महराले रोक्न खोज्दा बिवाद उत्पन्न भएको हो ।

बिवादले उग्र रुप लिएपछि कुटाकुटको स्थिति आएको प्रहरीले जनाएको छ । कुटपिटबाट वडाअध्यक्ष घाइते भएका छन् । घाइते वडाअध्यक्षलाई उपचारको लागि धनगढी गएका आएका छन् । वडाअध्यक्ष महराको नाकमुख, टाउको र पेटमा चोट रहेको छ ।

कुटपिटमा संलग्न रहेको भन्दै प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कृष्ण जोशी, हरि जोशी, नरिनराज जोशी र राजिब धामी रहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top