×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

काठमाडौं, चैत ३
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा बैदेशिक लगानीका लागि अनुकुल वातावरण बनेको बताएका छन् । आज काठमाडौमा दक्षिण एशियाका व्यापारिक नेतृत्वकर्ताहरुको छैठौं सम्मेलनलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले संविधानको सफल कार्यान्वयन संगै नेपालमा लगानीको संभावना बढेकोे बताए ।

राजनीतिक संक्रमणको विभिन्न कालखण्ड पूरा गरेर विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै उनले समृद्धि र विकासको अभियानमा सहयोग गर्न आग्रह पनि गरे ।

उनले नेपालको राजनीतिक रुपान्तरणमा आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको भन्दै त्यसले आफूलाई गौरवान्वित बनाएको उल्लेख गरे । तीन दशक अघि दक्षिण एशियाली क्षेत्रको साझा समृद्धिको लक्ष्य बोकेर सार्कको स्थापना भएको स्मरण गर्दै नेता दाहालले शान्ति, स्थायित्व र समृद्धिको आशा भने अझै पुरा भईनसकेको उल्लेख गरे ।

दक्षिण एशियाली राष्ट्रहरुले महत्वकांक्षी लक्ष्य लिइरहेको अवस्थामा विकासमा ढिलासुस्ती गर्न नहुने भन्दै उहाँले साफ्टा र स्याटिसको पूर्ण कार्यान्वयनका लागि राजनीतिक इच्छाशक्तिको आवश्यकता औल्याए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top