Nepal Times
Nepal Times
3
Shares

बोटिङ सँगै मनोरञ्जन गर्ने मन छ ? त्यसो भए गोपाल फनपार्क जानुस् (फोटो फिचर)

बोटिङ सँगै मनोरञ्जन गर्ने मन छ ? त्यसो भए गोपाल फनपार्क जानुस् (फोटो फिचर)

किशोर विश्वकर्मा
विराटनगर, चैत ५
विराटनगर वरपर सार्वजनिक कुनैपनि मनोरञ्जन स्थल नभईरहेका बेला विराटनगरसँगै सिमा जोडिएको कटहरी गाउँपालिकामा सुविधा सम्पन्न पार्क निर्माण भएपछी सर्वसाधारण जो कोहिको पनि त्यसतर्फ आकर्षण बढ्न थालेको छ ।

तस्वीर : सेहेन्सा सिद्धिकी

विराटनगर वरपर कतैपनि मनोरञ्जन तथा रमाइलो गर्न पार्क नभईरहेको अवस्थामा कटहरी–२ मा करिब ५० लाख रुपैयाँको लागतमा १३ बिघा क्षेत्रफलमा सुविधा सम्पन्न गोपालफन पार्क निर्माण भएपछि सवैको ध्यान उक्त पार्क तर्फ आकर्षण भएको हो ।

तस्वीर : सेहेन्सा सिद्धिकी

उक्त पार्क सञ्चालन गर्ने ५ वर्ष भन्दा अघीको योजना भएपनि बल्ल निर्माण गर्न सकिएको गोपाल फनपार्कका सञ्चालक शम्भु कामतले बताए । उक्त फनपार्कमा बोटिङ, एभेन्चर, पिङहरु, बालबालिकाका लागि छुट्टै बोटिङ, जम्पीङ, पिकनिक स्पोटलगायतका सुविधा रहेका छन् ।

फनपार्कभित्रै रहेको पारिवारिक रेस्टुरेन्टमा विभिन्न खानाको परिकारहरु सँगै रमाउने समेत व्यवस्था रहेको सञ्चालक कामतले बताए । उनले विभिन्न गोष्ठि, सेमिनार र कार्यक्रमहरु समेत गर्नका लागि सुविधा सम्पन्न पार्टीप्यालेस समेत निर्माण कार्य भईरहेको बताए ।

तस्वीर : सेहेन्सा सिद्धिकी

कामतले मनोरञ्जलाई थप आकर्षण बनाउनका लागि स्वीमिङ पुल, फिसिङ र वाटरपार्क रिसोर्ट समेत चाँडै सञ्चालनमा ल्याईने बताए । उनले आफुहरुको पार्क स्थापना गर्ने ५ बर्ष अघिको योजना रहेपनि अहिलेको यो अवस्थामा मात्र आईपुग्न २ वर्ष लागेको बताए ।

तस्वीर : सेहेन्सा सिद्धिकी

अहिले उक्त पार्कमा दिनानुदिन मनोरञ्जन गर्न आउनेको संख्या बढीरहेको छ भने विभिन्न कार्यक्रमहरु समेत आयोजना भईरहेको छ । अन्य दिनहरुको तुलनामा छुट्टिका दिन तथा शनिबार विराटनगरलगायत आसपासका क्षेत्रबाट मनोरन्जन गर्न आउनेको संख्या अधिक हुनेगरेको कामतको भनाई छ ।

तस्वीर : सेहेन्सा सिद्धिकी

अहिले उक्त पार्कमा आउनेहरुको सुविधाका लागि प्रति व्यक्ति टिकट शुल्क ५० रुर्पयाँ मात्र लिने गरेको छ । पार्कले एक टिकटमा एकजनालाई निशुल्क सुविधा दिएको छ । त्यसमा पनि अक्त, अपाङ्ग र जेष्ठ नागरिकलाई निशुल्क गरिएको पार्कले जनाएको छ ।

तस्वीर : सेहेन्सा सिद्धिकी

यस अघि विराटनगरलगायत वरपर कतैपनि पार्क नभएका कारण बाहिरबाट आउने पाहुनालाई घुमाउन लैजाने ठाउँ कतै थिएन । त्यसमा पनि फुर्सदको समय र छुट्टिको समयमा मनोरञ्जन गर्नका लागि मनोरञ्जन स्थल नभएपछि विराटनगर बाहिर जानुको विकल्प थिएन । तर अब विराटनगर नजिकै गोपाल फनपार्क स्थापनना भएपछि भने धरैको चाहना पुरा भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.