×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

बोरिङ जडानले सिँचाइ गर्न सहज

भद्रपुर,पुस १२
सिँचाइमा सरकारले रु चार करोड ५० लाख लागत लगाउन सकेमा शत्प्रतिशत सिँचाइ सुविधा पुग्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बनियानी सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरले जनाएको छ ।

करिब एक हजार हेक्टर जग्गामा सुपर जोन (धान) परियोजना लागू भएपछि धान खेतीकै लागि बाह्रैमास चाहिने सिँचाइ सुविधाको परियोजना क्षेत्रमा अभाव देखिएको छ । अहिले किसानले आफ्नो निजी लगानीमा खेतमा पम्प बोरिङ जडान गरी सिँचाइ गरिरहेका छन् ।

गत वर्ष सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरद्वारा परियोजना लागू भएको क्षेत्र पथरियामा सौर्य ऊर्जाबाट सञ्चालित बोरिङ जडान गरेपछि उक्त क्षेत्रमा अहिले सौर्य ऊर्जा बोरिङको माग बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपर जोन (धान) परियोजना बनियानीका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले बताए ।

किसानको मागअनुसार परियोजनाले कचनकवल गाउँपालिका–४ स्थित फरकगाछीमा रु पाँच लाख लागतमा सुपर जोनको ८५ प्रतिशत अनुदानमा सौर्य ऊर्जा बोरिङ जडान गरेको हो । थप बोरिङ केचना, पकलीभिट्टा र बनियानीमा जडान गर्ने तिमल्सेनाले बताए ।

पछिल्लो समयमा जडान गरिएको सौर्य ऊर्जाको बोरिङ घाम नलागेको समयमा बिजुलीबाट समेत सञ्चालन गर्न सकिने भएकाले कृषकले बढी फाइदा लिन सक्ने तिमल्सेना बताउछन् । एउटा बोरिङबाट १० बिगाहाभन्दा बढी जमिनमा सिँचाइ गर्न सकिन्छ ।

हरित कृषक समूह कचनकवलका सचिव पञ्चानन्द राजवंशी सिँचाइको सुविधा नभएको अवस्थामा सौर्य ऊर्जाको बोरिङबाट सिँचाइ गर्न सहज भएको बताउछन् ।

सिँचाइ विकास डिभिजन कार्यालय भद्रपुरका प्रमुख ईश्वरीप्रसाद तिवारी सुपर जोन (धान) क्षेत्रमा १५० वटा सौर्य ऊर्जा बोरिङ जडान गर्न सके सिँचाइको समस्या समाधान हुने बताउछन् ।

एक हजार ५०० बिगाहामा सुपर जोन कार्यक्रम लागू भएको छ । परियोजना लागू भएको क्षेत्रमा अहिले किसानले चैते धान वा गर्मा धानका लागि बीउ राखिरहेका छन् । परियोजनाले खेतको माटो सुधार गर्न र हरियो मलका लागि प्रति बिगाहा रु सात हजार प्रोत्साहन अनुदान समेत किसानलाई उपलब्ध गराउँदै आएको छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top