Nepal Times
Nepal Times
3
Shares

बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरीमा रोकियो बार्सिलोना

बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरीमा रोकियो बार्सिलोना

१ असोज , काठमाडौं । । युरोपियन च्याम्पियन्स लिगको समूह चरणको पहिलो खेलमा बार्सिलोना जर्मन क्लब बोरुसिया डर्टमण्डसँग गोलरहित बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

घरेलु टिम डर्टमण्डले अन्तिम समयमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझायो । मार्को रिउसको प्रहारलाई बार्साका गोलकिपर मार्क आन्द्रे टेर स्टेगनले असफल बनाएका थिए । बार्साका लागि लियोनल मेस्सी मैदानमा उत्रिए पनि त्यति प्रभाव जमाउन सकेनन् ।

बार्साका प्रशिक्षकले मेस्सीलाई शुरुवातमा बेन्चमा राखेर युवा खेलाडी फाटीलाई सेटमा राखेका थिए । जसका कारण फाटीले कम उमेरमा च्याम्पियन्स लिगमा डेब्यू गरेका थिए । उनी १६ वर्ष तीन सय दिनमा च्याम्पियन्स लिगमा डेब्यू गर्दै कम उमेरमा यो प्रतियोगिता खेल्ने खेलाडी बनेका छन् । एजेन्सी

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.