×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ब्राजिलमा फेरि दोस्रो चरणमा राष्ट्रपतिको चुनाव हुने

१७ आश्विन २०७९

१७ असोज, एजेन्सी ।
विश्वको चाथौ ठूलो प्रजातान्त्रिक देश ब्राजिलमा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । आइतबार भएको चुनावमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत प्राप्त नगरेपछि दोस्रो चरणमा मतदान हुने भएको ब्राजिलका निर्वाचन अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

वर्तमान राष्ट्रपति जायर बोल्सोनारोले अपेक्षा गरिए भन्दा राम्रो मत ल्याएपछि पहिलो चरणमै जित हाँसिल गर्ने वामपन्थी नेता लुइज इनासिओ लुला डा सिल्भा लक्ष्य पूरा भएन । ९५ प्रतिशत मत गणना हुँदा पूर्वराष्ट्रपति लुलाले ४७.६ प्रतिशत मतसहित अग्रता लिएका छन् । यस्तै वर्तमान राष्ट्रपति बोल्सोनारोले ४३.९ प्रतिशत मत पाएका छन् ।

दोस्रो चरणको मतदान अक्टोबर ३० मा हुनेछ । अधिकांश मत सर्वेक्षणहरुले लुलालाई बोल्सोनारो भन्दा १० देखि १५ प्रतिशत मतले अघि देखाएका थिए । तर निकै कडा प्रतिस्पर्धाले ध्रुविकृत ब्राजिलियन राजनीतिमा स्थिरता पर देखिएको हो । यो चुनावले ब्राजिलको राजनीतिक मार्ग दक्षिणपन्थबाट वामपन्थ तर्फ जान सक्ने सम्भावना थियो ।

दक्षिणपन्थी नेता बोल्सोनारो दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरिरहेका छन् । मतदानका लागि योग्य रहेका ब्राजिलका १५६ मिलियन नागरिकलाई मत खसाल्नु अनिवार्य छ । मतदानपछि अर्का उम्मेदवार लुलाले आफ्नो चाहना ‘देशलाई पुनः सामान्य अवस्थामा फर्काउनु’ रहेको बताएका थिए ।

विद्युतीय मतदान प्रणालीमाथि प्रश्न गर्दै आएका बोल्सोनारोले भने ‘पारदर्शी’ चुनाव हुनु पर्ने बताउँदै आएका छन् । आफू पराजित भएमा नतिजा स्वीकार गर्ने या नगर्ने भन्ने सम्बन्धमा पत्रकारले सोधेको प्रश्नको बोल्सोनारोले स्पष्ट जवाफ नदिएको समाचार संस्था एएफपीले जनाएको थियो ।

बोल्सोनारोले रियो दि जेनेरियोमा राष्ट्रिय झण्डाको पहेँलो र हरियो रङको टिसर्ट लगाएर मतदान गरेका थिए । यो अभियानले ल्याटिन अमेरिकी मुलुकलाई गहिरो विभाजित बनाएको छ । बोल्सोनारोले मतदान प्रणालीमाथि गरेको आक्रमणले गत वर्ष अमेरिकी संसद भवनमा भएको दङ्गाको ब्राजिली संस्करणको भय बढाएको छ ।

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी हार स्वीकार गर्न अस्वीकार गरेका थिए । ट्रम्पले बोल्सोनारोलाई अन्तिम क्षणमा समर्थन गर्दै उनलाई ‘शालीन नेता’ र ‘विश्वको कुनै पनि देशको महान राष्ट्रपतिमध्ये एक’ राष्ट्रपतिकारूपमा चित्रण गरेका थिए । ६७ वर्षका बोल्सोनारो सेनाका पूर्व क्याप्टेन हुन् ।

उनले ब्राजिलको विद्युतीय मतदान प्रणालीमाथि शंका व्यक्त गर्दै आएका छन्, तर त्यसका आधार भने दिने गरेका छैनन् । यस्तै ७६ वर्षका लुला फलाम खानीका पूर्वकामदार हुन् । उनी सन् २००३ देखि २०१० सम्म ब्राजिलको राष्ट्रपति थिए । उनलाई सन् २०१८ मा जेल चलान गरिएको थियो र तर पछि उनीमाथिको आरोप हटाइएको थियो ।

जेलमा भएका कारण उनी सन् २०१८ मा चुनाव लड्न पाएका थिएनन् । भ्रष्टाचारको अभियोगमा जेल परेको लुलाका लागि यो निर्वाचन परिणाम राजनीतिमा उल्लेखनीय पुरागमन हो । सर्वेक्षणहरुलाई गलत सावित गर्दै लुलासँगको मतान्तरलाई कम गर्नु बोल्सोनारोका लागि उत्साहित गर्ने विषय हो । दुवै उम्मेदवारहरु एक अर्कोको ठीकविपरीत धारणा राख्छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top