×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ब्रिटेनले ल्यायो अन्तर्राष्ट्रिय सेनाको अवधारणा

९ चैत्र २०८१

११ चैत, एजेन्सी ।

युक्रेन–रूस युद्धको समसामयिक घटनाक्रमले अन्तर्राष्ट्रिय कूटनीति र सैन्य रणनीतिको नयाँ स्वरूप देखाएको छ। बेलायती प्रधानमन्त्री केयर स्टारमरले युद्धविराम गराउन बहुपक्षीय अन्तर्राष्ट्रिय सेना गठन गर्ने प्रस्ताव अघि सारेका छन् ।

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टीभ विटकफले यस योजनालाई ठग भन्दै खारेज गरेका छन्। विटकफले बेलायती प्रधानमन्त्री र युरोपेली नेताहरूको दृष्टिकोणलाई सरल सोचको उपज भनेका छन् ।

उनले ट्रम्प समर्थक पत्रकार टकर कार्लसनसँगको अन्तर्वातामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको खुलेर प्रशंसा गर्दै भनेका छन् , म पुटिनलाई नराम्रो मान्दिनँ, उनी धेरै बुद्धिमान छन् । विटकफले आफू युक्रेन युद्धको शान्तिवार्तामा संलग्न रहेको बताए पनि रूसले कब्जा गरेका क्षेत्रहरूको स्पष्ट रुपमा उल्लेख गर्न सकेनन् ।

उनले भनेका छन्, त्यहाँ चार क्षेत्रहरू छन् – डोनबास, क्रिमिया अनि अरू दुई, जसको नाम मलाई याद छैन। युक्रेन युद्धलाई लिएर बेलायतले छुट्टै सैनिक बटालियन निर्माण गर्ने तयारी गरिरहेको छ, जसमा ५ सय नेपाली गोर्खा सैनिक समावेश गरिने योजना छ ।

ब्रिटिश सरकारले हाल तोप प्रहारमा विशेषज्ञ सैनिकहरूका लागि नयाँ रेजिमेन्ट निर्माण गरिरहेको छ। यो परम्परागत ब्रिटिश सेनाको इन्फ्यान्ट्री भूमिकाबाट भिन्न हुनेछ। बेलायती रक्षा मन्त्री जोन हीलीले अनुमोदन गरेको यो सैन्य दस्तामा निगरानी, गुप्तचर जानकारी सङ्कलन, लक्ष्य पहिचान र टोही भूमिकामा खटिने सैनिक रहनेछन् ।

विशेषज्ञहरूको अनुसार, गोर्खा सैनिकहरूको यो विशेष टुकडी युद्धविरामपछि मात्र युक्रेनमा परिचालन गरिनेछ। बेलायती सेनाले युद्ध–कौशलका लागि प्रसिद्ध गोर्खा सैनिकहरूलाई परम्परागत इन्फ्यान्ट्रीबाट निकालेर आर्टिलरी रेजिमेन्टमा रूपान्तरण गर्दैछ।

गोर्खा आर्टिलरी युनिट जेभलिनजस्ता सतह–देखि–हावा मिसाइल प्रणालीबाट सुसज्जित हुनेछ। यसले बेलायती रोयल आर्टिलरीमा देखिएको ७०० सैनिक अभावलाई पूर्ति गर्ने विश्वास गरिएको छ।

युरोपेली नेताहरू हालै पेरिसमा भेला भई युद्धपछिको युक्रेन स्थायित्वका लागि बल निर्माण पहलमा छलफल गरिसकेका छन् । अमेरिकी सरकारले युक्रेनको सुरक्षाका लागि अमेरिकी सेना प्रत्यक्ष रूपमा परिचालन गर्न नसक्ने स्पष्ट पारिसकेको छ।

फलस्वरूप, युरोपेली मुलुकहरूले छुट्टै सैन्य बल गठन गर्नेबारे रणनीति बनाइरहेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि पटक–पटक युरोपका राष्ट्रहरूलाई छुट्टै फौज निर्माण गर्न आग्रह गर्दै आएका छन् ।

युक्रेनलाई आर्थिक र सैन्य सहायता दिँदै आएका युरोपेली मुलुकहरू अब सुरक्षाको प्रत्यक्ष जिम्मेवारी लिन अग्रसर हुँदैछन् । यो रणनीतिक पहलमा फ्रान्स, जर्मनी, बेलायत र अन्य युरोपेली मुलुकहरूको नेतृत्व रहने देखिन्छ।

रूस–युक्रेन युद्धको वर्तमान अवस्थामा शक्ति सन्तुलनको नयाँ समीकरण देखिन थालेको छ। अमेरिका शान्तिवार्ताको नेतृत्व गरिरहेको देखिए पनि प्रत्यक्ष रूपमा सैन्य संलग्नता टार्न चाहन्छ।

युरोपेली राष्ट्रहरू सैन्य बल निर्माण गर्दै युक्रेनको सुरक्षामा मुख्य भूमिका लिन चाहन्छन् । बेलायत गोर्खा सैनिकहरूको प्रयोग गर्दै आफ्ना सैन्य रणनीतिहरू पुनःनिर्माण गर्दैछ। रूस आफ्ना कब्जा गरिएका क्षेत्रहरू जोगाउन प्रतिबद्ध देखिन्छ।

यस सन्दर्भमा, युक्रेन युद्धविरामका लागि हुने वार्ता र सैन्य रणनीतिहरूले निकट भविष्यमा शक्ति सन्तुलनमा प्रभाव पार्ने निश्चित छ। अमेरिका, बेलायत र युरोपेली राष्ट्रहरूको छुट्टाछुट्टै दृष्टिकोणले युक्रेनको भविष्यलाई निर्धारण गर्नेछ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top