×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ब्लक गरियो फेसबुकको वेब संस्करण, एपमा धमाधम बन्द हुँदै

२० भाद्र २०८२

२० भदौ , काठमाण्डौ ।
सरकारको निर्णयपछि नेपालमा फेसबुक यूआरएल बन्द गरिएको छ । सूचीकृत नभएका सामाजिक सञ्जाल निस्क्रिय बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले इन्टनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएसँगै बिहीबार रातीदेखि नै फेसबुकको वेब ठेगानाहरूमा पहुँच रोकिएको छ ।

इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्था आइस्पनका प्रमुख कार्यकारी अधिकृत सुभास खड्काले सरकारको निर्देशनपछि यूआरएल ब्लक गरिएको बताएका छन् । नेपालमा दर्ता नभएका सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले निर्णय गरेसँगै यो कार्यान्वयनमा आएको हो ।

आइस्पानका सीईओ खड्काका अनुसार हिजोबाटै यूआरएल ब्लक गर्ने कार्य सुरु भएको छ । अब फेसबुक डटकम भनेर ब्राउज गर्दा यो खुल्दैन । यूआरएल भनेको कुनै पनि वेबसाइटको ठेगाना हो । इन्टनेट सेवा प्रदायकले यूआरएल ब्लक गरेमा प्रयोगकर्ताहरूले त्यो वेबसाइट खोल्न वा त्यसका सामग्री हेर्न सक्दैनन् ।

यता निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत नभएका सामाजिक सञ्जाल आफ्नो नेटवर्कबाट नचल्ने बनाएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सूचीकरण नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउन निर्देशन दिएकाले ती प्लेटफर्महरु नचल्ने जानकारी गराएको हो ।

टिकटक, भाइबरलगायत अन्य सूचीकृत सामाजिक सञ्जाल प्लेटफर्म भने एनसेलको डेटामार्फत चलाउन सकिने बताएको छ । सरकारको निर्देशन अनुसार नेपाल टेलिकमले पनि दर्ता नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरेको छ ।

टेलिकमले बिहीबार एक सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन अनुसार दर्ता नभएका प्लेटफर्महरू बन्द गरेको जनाएको हो । ‘नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०८२÷०५÷१९, च.नं. ५९७ को पत्रबाट श्री सम्मानित सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रिपरिषदको निर्णय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रिस्तरीय बैठकको निर्णय तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालमा सूचीकरण नभई सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्महरू निष्क्रिय गराउन यस कम्पनीलाई लेखी आएकाले सोही निर्देशन बमोजिम त्यस्ता सामाजिक प्लेटफर्महरू हालका लागि बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ टेलिकमले भनेको छ ।

टेलिकमका अनुसार ती प्लेटफर्महरू पुनः सञ्चालनमा ल्याउने विषय आगामी दिनमा प्राधिकरणबाट प्राप्त हुने निर्देशन अनुसार हुनेछ । टेलिकमको कूल डेटा ब्यान्डविथ खपतको ४० प्रतिशत हिस्सा फेसबुक प्रयोगकर्ताले उपयोग गरिरहेका छन् ।

यदि सरकारले फेसबुकमाथि प्रतिबन्ध लगायो भने त यत्रो मात्राको ब्यान्डविथ लोकल क्याशबाट नभएर भीपीएन मार्फत अन्तर्राष्ट्रिय ब्यान्डविथमा सर्नेछ । टेलिकमका ८० प्रतिशतभन्दा बढी डेटा प्रयोगकर्ताहरूले सामाजिक सञ्जाल चलाउँछन् ।

टेलिकमका लागि डेटा तर्फ मुख्य आम्दानीको स्रोत त्यही नै हो । यसैगरी इन्टरनेट सेवा प्रदायक व्लर्ड लिंकले पनि सरकारको निर्देशन वमोजिम सामाजिक संजालहरु बन्द गरिएको बताएको छ । यसैबीच सरकारले फेसबुक, युट्युब, इन्स्टाग्राम, ह्वाट्सएप, स्न्यापच्याटसहित २६ ओटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपनि अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको स्वामित्वमा रहेको ‘ट्रुथ सोसल’ भने नेपालमा निर्वाध रूपमा सञ्चालन भइरहेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको बैठकले सूचीकरणमा सम्पर्कमा नआएका सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि ठुला चर्चित प्लेटफर्मदेखि नामै नसुनिएका सामाजिक सञ्जालसम्म बन्द हुने भएका छन् ।

तर ट्रम्पकै नेतृत्वमा सुरु भएको माइक्रो ब्लगिङ प्लेटफर्म ट्रुथ सोसललाई सरकारले अहिलेसम्म नियमनको दायरामा ल्याएको छैन । नेपालमा पनि गत वर्ष असारदेखि ट्रुथ सोसल उपलब्ध भएको हो । यो एपले पनि सूचीकरणका लागि निवेदन दिएको छैन ।

सन् २०२१ मा अमेरिकी संसद क्यापिटल हिलमा भएको हुलदङ्गापछि फेसबुक, ट्वीटर र युट्युबले ट्रम्पलाई प्रतिबन्ध लगाएपछि उनले आफ्नै नेतृत्वमा ट्रुथ सोसल सुरु गरेका थिए । सुरुमा अमेरिका–युरोपमा उपलब्ध यो प्लेटफर्म पछिल्लो समय नेपालमा समेत डाउनलोड गर्न सकिने बनेको हो ।

ट्वीटर (अहिलेको एक्स) को प्रतिस्पर्धीका रूपमा प्रचारित ट्रुथ सोसलमा पोस्टलाई ‘ट्रुथ’, नोटिफिकेसनलाई ‘अलर्ट’ र प्रतिक्रियालाई ‘रिप्लाई’ भनिन्छ । प्रयोगकर्ताले अकाउन्ट बनाउन सहज हुने यो एपमा प्रारम्भमै डोनल्ड ट्रम्पकै अकाउन्ट फलो गर्नुपर्ने व्यवस्था गरिएको छ ।

सरकारले सूचीकृत हुन नआउने सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेसँगै प्रयोगकर्ताहरू अन्त मोडिन थालेका छन्। २६ सामाजिक संजाल बन्द गर्ने निर्णय भएसँगै अहिले प्रयोगकर्ताहरू भाइबर र टिकटकतिर जोडिन थालेका छन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नै सूचना प्रदान गर्ने ग्रुपका रुपमा भाइबर ग्रुप बनाएको छ। यसअघि मन्त्रालयले ह्वाट्सएप ग्रुपमार्फत सूचना दिँदै आएको थियो। त्यस्तै सभामुख देवराज घिमिरेको सचिवालयले पनि संसद्को गतिविधि सम्प्रेषण गर्न भाइबर ग्रुप बनाएको छ।

यसअघि फेसबुक म्यासेन्जर ग्रुपमार्फत संसदीय गतिविधि साझा गर्दै आएको सचिवालयले केही घन्टाअघि भाइबर ग्रुप बनाएको हो। त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले पनि फेसबुक तथा ह्वाट्सएप ग्रुपमार्फत सूचना दिँदै आएकोमा अहिले भाइबर ग्रुप बनाएको छ।

सरकारले फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप लगायतका प्रमुख सामाजिक सञ्जाल बन्द गर्ने निर्णय लिएपछि साइबर ब्युरो टिकटकमा सक्रिय हुने भएको छ । ब्युरोले बिहीबार आफ्नो फेसबुक पेजमा एक पोस्ट गर्दै टिकटकमा जोडिन आग्रह गरेको हो ।

अधिकांशले भाइबर ग्रुप सञ्चालनमा ल्याए पनि सर्वोच्च अदालत र काठमाडौँ जिल्ला अदालतले भने यसअघिदेखि नै भाइबर ग्रुपमार्फत सूचना वितरण गर्दै आइरहेका थिए। त्यस्तै विभिन्न सञ्चारमाध्यमले पनि समाचारहरू साझा गर्नका लागि भाइबर ग्रुप बनाएर फेसबुक र बन्द हुने सूचीमा रहेको एक्समा सेयर गरिरहेका छन्।

त्यस्तै सञ्चामाध्यमहरूले टिकटकमा जोडिन आग्रह गर्दै टिकटकको स्क्यानर तथा लिङ्क सार्वजनिक गरिरहेका छन्। सञ्चारमाध्यममात्रै होइन विभिन्न व्यक्तिहरूले पनि आफूलाई सम्पर्क गर्न भाइबर र टिकटकमार्फत सकिने भन्दै त्यसबारे सूचना सार्वजनिक गरेका छन्।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top