×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

ब्ल्याक सी माथि उडेको ब्रिटिश जेटलाई रुसले लखेट्यो

१२ असार २०८०

१२ असार,एजेन्सी ।
रुसको रक्षा मन्त्रालयले रुसी वायुसेनाले कालो सागरमा तीनवटा बेलायती विमानलाई रोकेको दाबी गरेको छ । रक्षा मन्त्रालयका अनुसार दुई रुसी सुखोई–२७ लडाकु विमानले सोमबार रुसको सीमामा पुग्दा रोयल एयर फोर्स (आरएएफ) का दुई टाइफुन जेट र एक आरसी–१३५ निगरानी विमानलाई रोकेको हुन् ।

देशमा असफल कु’ प्रयास भइसकेपछि रुसले यस्तो जानकारी दिएको हो । यसबारे रुसको विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेको छ । यससँगै घटनाको भिडिओ पनि शेयर गरिएको छ । यो सम्पूर्ण घटना रुसको विदेश मन्त्रालयले जारी गरेको भिडिओमा देखाइएको छ । जेटको छेउमा रोयल एयर फोर्स लेखिएको छ।

रुसको मन्त्रालयले भनेको छ, ‘रुसी लडाकु विमान नजिक आएपछि लडाकु विमान रुसको सिमानाबाट पल्टिएर गए । रक्षा मन्त्रालयले भनेको छ कि रुसी विमानहरू सुरक्षित रूपमा आफ्नो आकाशमा फर्किएका छन् र त्यहाँ कुनै हवाई क्षेत्र उल्लङ्घन भएको छैन।

एक हप्ता अघि, रोयल एयर फोर्सले नेटो एयरस्पेस नजिकै उडान गरिरहेको रूसी विमानलाई पछ्याएको थियो । रुसी नौसेनाको टुपोलेभ टु–१३४ र दुई सुखोई एसयू–२७ फ्ल्याङ्करलाई पछ्याउन टाइफुन जेटहरू पठाइएको थियो। आरएएफको टाइफुन जेटहरू हाल इस्टोनियामा आधारित छन्।

बेलायत र यसका सहयोगीहरूलाई वाग्नर समूहको असफल प्रयासपछि रुसबाट सम्भावित प्रतिक्रियाको लागि तयार रहन भनिएको छ। कालो सागर युरोपको दक्षिणपूर्वी किनारमा अवस्थित छ। यसको उत्तरमा युक्रेन, उत्तरपूर्वमा रुस, पूर्वमा जर्जिया, दक्षिणमा टर्की र पश्चिममा बुल्गेरिया र रोमानिया रहेका छन् ।

वाग्नर आर्मीका लडाकुहरूले असफल विद्रोहको प्रयास गरेपछि रसियामा शनिबारदेखि स्थिति तनावपूर्ण छ। सोमबार जारी गरिएको सन्देशमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले वाग्नर प्रमुख येभगेनी प्रिगोजिनलाई सजाय दिने वाचा गरेका छन् । पुटिनले यो सशस्त्र विद्रोहको विरुद्धमा सिंगो देश एकजुट भएको भन्दै पश्चिमा देशले ठगी गरेको आरोप लगाएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top