×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

रोल्पा, १७ वैशाख ः भक्तपुरको चाँगुनारायणमा रहेको एक इँटाभट्टामा काम गर्ने रोल्पाका दुई बालकलाई उद्धार गरी अभिभावकको जिम्मा लगाइएको छ ।

रोल्पा नगरपालिका–९ ह्वामाका १३ वर्षीय दीपक डाँगी र सुवास डाँगीलाई इँटाभट्टामा श्रम गरिरहेको अवस्थामा बाल विकास समाज भक्तपुरको सहयोगमा उद्धार गरी आफन्तको जिम्मा लगाइएको हो ।

पढ्ने उमेरका बालकले इँटाभट्टामा काम गरेको देखेपछि उद्धार गरी रोल्पा नगरपालिकाको रोहवरमा आफन्तको जिम्मा लगायौँ बाल विकास समाज भक्तपुरका बाल संरक्षण अधिकृत भरत थापाले भने ।

बालश्रम गरिरहेका बालकलाई बाल विकास समाज भक्तपुरले उद्धार गरेसँगै आफूहरूको रोहवरमा बालकका अभिभावकलाई जिम्मा लगाइएको रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले बताए । बालक दीपकलाई बुबा गोपाल डाँगी र सुवासलाई आमा दिलपुरा डाँगीको जिम्मा लगाइदियौँ प्रमुख केसीले भने ।

गत चैतमा भएको कक्षा ४ को अन्तिम परीक्षा दिएका उनीहरू लहलहैमा इँटाभट्टा पुगेको बताइएको छ । बालकका दिदीहरू सोही इँटाभट्टामा काम गर्ने भएकाले उनीहरू पनि भागेर त्यहाँ पुगेको नगर प्रमुख केसीले बताए। उद्धारसँगै उनीहरूलाई विद्यालय भर्ना गरिने बताइएको छ ।

विगतमा नगरपालिकाभित्रबाट इँटाभट्टामा जाने बालबालिकाको संख्या धेरै रहे पनि पछिल्ला दिनमा यो संख्या कम हुँदै गएको नगर प्रमुख पूर्ण केसीले बताए। आर्थिक अभावका कारण इँटाभट्टामा जाने र साथीभाइको लहलहैमा भागेर इँटाभट्टामा जाने गरी दुईथरिका बालश्रमिक रहेका छन् ।

आर्थिक अभावका कारण इँटाभट्टामा बालश्रम गर्ने रोल्पाली बालबालिकाको संख्या ४०० बढी रहेको बताइएको छ ।
रासस

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top