Nepal Times
Nepal Times
3
Shares

भद्रपुर, धनगढी र लुक्लामा उडान सुरु, सिमरा, भोजपुर र भैरहवामा स्थगित

भद्रपुर, धनगढी र लुक्लामा उडान सुरु, सिमरा, भोजपुर र भैरहवामा स्थगित

२ माघ, काठमाडौँ । मौसम खुल्दै गएका ठाउँमा उडान सुरु हुन थालेको छ । बाक्लो हुस्सु र कुहिरोका कारण बिहान देशभरका आन्तरिक उडान ठप्प भएको थियो ।

बाक्लो हुस्सु र कुहिरो हटेपछि भद्रपुर, धनगढी र लुक्लाका लागि उडान भएको छ । सुर्खेतमा उडानको तयारी भइरहेको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । पोखरा, दाङ, विराटनगर, नेपालगन्ज, भरतपुर, जनकपुरमा भने उडानमा ढिलाइ भइरहेको छ ।

उडानमा ढिलाइ भएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा यात्रुको भीड बढेको छ । यस्तै, खराब मौसमका कारण केही उडान भने स्थगित भएका छन् । बुद्ध एयरको सिमरा, नेपाल एयरलाइन्सको भोजपुर र सौर्य एयरको भैरहवाको उडान स्थगित भएका छन् ।

बाक्लो हुस्सुले आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.