Nepal Times
Nepal Times
3
Shares

भरत साह माओवादी केन्द्र प्रदेश–२ को संसदीय दलका नेता

भरत साह माओवादी केन्द्र प्रदेश–२ को संसदीय दलका नेता

२८ चैत्र, विराटनगर ।
नेकपा माओवादी केन्द्रले प्रदेश–२ को संसदीय दलका नेतामा भरतप्रसाद साहलाई चयन गरेको छ ।

यसअघि पार्टीको संसदीय दलको नेतामा रहेका सत्यनारायण मण्डल एमालेमा प्रवेश गरेपछि साहलाई नयाँ जिम्मेवारी सुम्पिएको हो ।

साह महोत्तरीबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । त्यस्तै पार्टीको उपनेतामा जगत यादव र प्रमुख सचेतकमा दिलिप यादव र सचेतकमा रुविकर्ण चुनिएको माओवादी केन्द्रले जनाएको छ ।

संसदीय दलको नेताबाट हटाइएका मण्डल, कुन्दन साह, ज्वाला साह र मो। समिर अन्सारी माओवादी छाडेर एमालेमा गएका हुन् ।

माओवादीे उनीहरुलाई २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ दिन र नफर्किए पार्टीबाट निस्कासन गर्न निर्णय गरेको छ ।

प्रदेश–२ मा माओवादीका ११ सांसद रहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.