Nepal Times
Nepal Times
3
Shares

भारतको चर्चित एम्स अस्पतालमा आगलागी

भारतको चर्चित एम्स अस्पतालमा आगलागी

१ भदौ, एजेन्सी।
भारतको प्रख्यात एम्स अस्पतालमा भएको आगलागी लामो समयपछि नियन्त्रणमा लिइएको छ ।

अस्पतालको तोश्रो तलामा रहेको अध्यापन कक्षबाट शुरु भएको आगलागी भवनको पाँचौ तलासम्म फैलिएको थियो । विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएपनि यसबारे छानबीन भइरहेको भारतीय अधिकारीहरुले जनाएका छन् ।

आगलागी हुने बितिकै बिरामीहरुलाई सुरक्षित स्थानतर्फ सारिएको थियो । ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलगीका कारण बिरामीहरुमा त्रास फैलिए पनि मानवीय क्षति भने हुन पाएन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.