×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

भारतको सर्वोच्च अदालतभित्रै प्रधानन्यायाधीशमाथि आ क्र म ण

२० आश्विन २०८२

२० असोज ,काठमाण्डौ ।

भारतको सर्वोच्च अदालतभित्रै देशका प्रधानन्याधीसमाथि आक्रमणको प्रयास भएको छ । सोमबार बिहान ७१ वर्षीय एकजना अधिवक्ताले भारतीय प्रधानन्यायाधीश बीआर गवाईमाथि जुत्ता प्रहार गरेका छन् । यो घटनापछि दिल्ली प्रहरीले सर्वोच्च अदालत पुगेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

दिल्ली प्रहरीले दिएको जानकारी अनुसार, राकेश किशोर नामका वकिलले आक्रमण गरेका हुन् । उनले बिहान ११ः३५ बजे अदालत नम्बर १ मा चलिरहेको इजलासको क्रममा आफ्नो स्पोट्र्स जुत्ता निकालेर प्रधानन्यायाधीश गवाईमाथि फ्याँकेका थिए ।एक वरिष्ठ प्रहरी अधिकारीले भने, “सुरक्षाकर्मीहरूले उनलाई तत्काल नियन्त्रणमा लिएका थिए । उनलाई सर्वोच्च अदालतको सुरक्षा एकाइलाई बुझाइएको छ । उनी मयुर बिहार क्षेत्रका बासिन्दा हुन् र सर्वोच्च अदालत बार एसोसिएसनका दर्तावाल सदस्य हुन् ।”

प्रारम्भिक अनुसन्धानका क्रममा वकिल मध्य प्रदेशको खजुराहो मन्दिर परिसरमा रहेको भगवान् विष्णुको मूर्तिको जीर्णोद्धारको माग गर्दै दर्ता गरिएको निवेदनअन्तर्गत हालैको सुनुवाइका क्रममा प्रधानन्यायाधीश गवाईले गरेको टिप्पणीबाट असन्तुष्ट रहेको खुलेको छ । जुत्ता प्रहार हुँदा प्रधानन्यायाधीश गवाई विचलित नभई शान्त देखिएका थिए ।

वकिलहरूलाई कारबाही जारी राख्न आग्रह गरेका थिए ।अदालतबाट बाहिर निकालिँदै गर्दा ती व्यक्तिले ’सनातन धर्मको अपमान हिन्दुस्तानले सहने छैन’ भनेर नारा लगाएको द इन्डियन एक्सप्रेसले जनाएको छ ।ती अधिकारीले थपे, “हाल दिल्ली प्रहरीले सर्वोच्च अदालतका रजिस्ट्रार जनरलसँग समन्वय गरिरहेको छ । र, कुनै कानुनी कारबाही अघि नयाँ दिल्ली जिल्लाले यस विषयको अनुसन्धान गरिरहेको छ । ”

प्रधानन्यायाधीश गवाईलाई दिल्ली प्रहरीको सुरक्षा विभागद्वारा प्रदान गरिएको ‘जेड प्लस’ सुरक्षा कवच रहेको छ । अदालतमा उपस्थित एक वकिलले द इन्डियन एक्सप्रेसलाई बताएअनुसार, वकिलको पोसाकमा रहेका एक व्यक्तिले प्रधानन्यायाधीश गवाईमाथि केही वस्तु फ्याँकेका थिए ।

पछि सुरक्षाकर्मीहरूले ती व्यक्तिले भारतका प्रधानन्यायाधीशमाथि जुत्ता हानेको पुष्टि गरेका थिए ।वकिलले बाहिर निकालिँदै गर्दा ती व्यक्तिले केही नारा लगाएको पनि सुनेको बताए ।  घटना हुँदा प्रधानन्यायाधीश गवाई न्यायाधीश के. विनोद चन्द्रनसँगको दुई सदस्यीय इजलासको अध्यक्षता गर्दै थिए । उनले सेप्टेम्बर १६ मा खजुराहो मन्दिर परिसरको जावरी मन्दिरमा रहेको ७ फिट अग्लो जीर्ण भगवान् विष्णुको मूर्तिको पुनर्निर्माणको माग गरिएको निवेदन खारेज गर्दै टिप्पणी गरेका थिए ।

प्रधानन्यायाधीश गवाईले याचिकाकर्तालाई, “यो विशुद्धरूपमा प्रचारका लागि गरिएको मुद्दा हो । आफैँ गएर भगवान्लाई केही गर्न आग्रह गर्नुहोस् । यदि तपाईं भगवान विष्णुका प्रवल भक्त हुनुहुन्छ भने, प्रार्थना गर्नुहोस् र ध्यान गर्नुहोस्” भनेका थिए । यद्यपि यसको आलोचना भएपछि प्रधानन्यायाधीश गवाईले भनेका थिए, “म सबै धर्महरूमा विश्वास गर्छु । म सबै धर्महरूको सम्मान गर्छु ।”

उनको टिप्पणी भारतीय पुरातत्व सर्वेक्षणको मर्मतसम्भार क्षेत्राधिकारको सन्दर्भमा गरिएको थियो । उनले आफू सबै धर्मको सम्मान गर्ने स्पष्ट गर्दै बताएका थिए । सेप्टेम्बर १६ मा सर्वोच्च अदालतले मध्य प्रदेशको खजुराहोमा रहेको जावरी (वामन) मन्दिरमा रहेको भगवान् विष्णुको ७ फिट अग्लो भाँचिएको मूर्ति पुनस्र्थापनाका लागि गरिएको याचिका खारेज ग¥यो।

यसप्रति निवेदकले असन्तुष्टि व्यक्त गरे।उनले भने, ‘यो निर्णयले धार्मिक भावनामा चोट पु¥याउँछ।’अदालतले भन्यो, ‘मूर्ति यसको मूल अवस्थामा रहनेछ। पूजा गर्न चाहने भक्तहरूले अन्य मन्दिरमा जान सक्छन्।’निवेदकले मुगल आक्रमणका बेला मूर्ति भाँचिएको र त्यसबेलादेखि नै यो अवस्थामा रहेको दाबी गरेका थिए।त्यसैले भक्तहरूको पूजा गर्ने अधिकार रक्षा गर्न र मन्दिरको पवित्रता पुनस्र्थापित गर्न सर्वोच्च अदालतले हस्तक्षेप गर्नुपर्ने माग निवदेकले गरेका थिए।

मुद्दाका निवेदक राकेश दलालले यस निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई आफ्नो धार्मिक भावनाको अपमान भनेका छन्।उनका अनुसार अदालतले मूर्ति आफ्नो मौलिक अवस्थामा रहने कुरा पनि स्पष्ट पारेको छ। अनि पूजा गर्न चाहने भक्तहरू अर्को मन्दिरमा जान सक्ने बताएको छ।भारतीय प्रधानन्यायाधीश गवई गत भदौ १९ गते नेपाल भ्रमणमा आएका थिए ।

त्यस क्रममा उनले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेटवार्ता गरेका थिए। उनले नेपालमा जारी उथलपुथलप्रति पनि चिन्ता व्यक्त गरेका थिए । भारतको सर्वोच्च अदालतमा एक संवैधानिक इजलासको सुनुवाइका क्रममा उनले छिमेकी देशको अवस्थालाई इंगित गर्दै आफूहरूलाई आफ्नो संविधानमा गर्व भएको बताएका थिए ।

गवईले भनेका थिए, ‘हामीलाई आफ्नो संविधानमा गर्व छ, हेर्नुहोस् हाम्रा छिमेकी देशहरूमा के भइरहेको छ। हामीले नेपालको अवस्था पनि देखेका छौँ।भारतको सर्वोच्च अदालतभित्रै अधिवक्ताद्वारा प्रधानन्यायाधीश बीआर गवाईमाथि जुत्ता प्रहार । सुरक्षाकर्मीले तत्काल अधिवक्तालाई नियन्त्रणमा लिए; धार्मिक टिप्पणीप्रति असन्तुष्ट अधिवक्ताको आक्रमण गरेको अनुमान । अनुसन्धान जारी।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top