Nepal Times
Nepal Times
3
Shares

भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाडौँ आइपुग्यो

भारतबाट कोरोनाविरुद्धको १० लाख डोज खोप काठमाडौँ आइपुग्यो

८ माघ, काठमाडौँ । भारतबाट कोरोनाविरुद्धको खोपको १० लाख डोज आज काठमाण्डौ आइपुगेको छ ।

केहीबेरअघि एयर इन्डियाको विमानबाट खोप काठमाण्डौ ल्याइएको हो । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कोरोनाविरुद्धको खोप हस्तान्तरण गर्नेछन् ।

यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारतले छिमेकी देशलाई कोरोनाविरुद्धको खोप वितरणमा सहयोग गर्ने बताएका थिए । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको तथा सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आएको हो ।

भारतले अनुदानमा दिएको यी खोपलाई टेकुमा रहेको स्वास्थ्य सेवा विभागमा भण्डारण गरिनेछ । त्यसपछि हरेक प्रदेशको भण्डारण केन्द्रमा खोप पठाइनेछ । खोप पठाउन स्वास्थ्य मन्त्रालयले तीन वटा भ्यान तयारी अवस्थामा राखेको जनाएको छ ।

एउटा भ्यानले बुटवल, नेपालगन्ज र धनगढीमा खोप पु¥याउने छ भने अर्काेले हेटौँडा, पथलैया र विराटनगर लग्नेछ । त्यस्तै, तेस्रो भ्यानले पोखरामा खोप पु¥याउने छ ।

सरकारले पहिलो चरणमा प्राथमिकताका आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला स्वास्थ्य स्वयंसेविका, पालिकाका सफाइकर्मी, शव व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ ।

स्वास्थ्य मन्त्रालयद्वारा गठित खोप सल्लाहकार समितिका संयोजकसमेत रहेका खोपविज्ञ डाक्टर श्यामराज उप्रेतीकाअनुसार भारतबाट अनुदानमा ल्याइने खोप हरेक व्यक्तिलाई दुई मात्रा दिइन्छ ।

खोप लगाएका व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिने छ । उनले खोप सुरक्षित भएकाले ढुक्क हुन आग्रह गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.