Nepal Times
Nepal Times
3
Shares

भारतबाट नेपाल छिरेकामध्ये २५ सय बढी अझै सम्पर्कबाहिर

भारतबाट नेपाल छिरेकामध्ये २५ सय बढी अझै सम्पर्कबाहिर

१६ चैत, काठमाडौँ । सरकारले अन्तर्रा्ष्ट्रिय सीमा नाका बन्द घोषणा गरेपछि नेपाल(भारत सीमानाकाबाट नेपाल छिरेकामध्ये २ हजार ५ सय ९९ जना अझै सम्पर्कबाहिर छन् ।

नाका बन्द गरेपछि भारतबाट नेपाल छिरेका २३ हजार ३ सय २४ जनाको रेकर्ड नेपाल सरकारसँग छ । तीमध्ये २० हजार ७ सय २५ जनालाई स्थानीय स्तरको क्वारेन्टाइनमा राखिएको छ । सरकारले गत आइतबारदेखि एक सातासम्म सबै सीमानाका बन्द गर्ने निर्णय गरेको थियो । तर भारतबाट नेपाल छिर्नेहरूको संख्या थेग्न नसक्ने अवस्थामा पुगेपछि गत मंगलबार अन्तिम पटकका लागि नेपाल छिर्न दिने निर्णय भएको थियो ।

त्यसैविच, भारतसँग सीमा जोडिएका ३९ मोटरेबल र १ सय ६४ अरू नाका प्रयोग गरेर यतिका संख्यामा नेपालीहरू भित्र छिरेको रेकर्ड स्थानीय तहले संघीय मामिला एवम् सामान्य प्रशासन मन्त्रालयमा पठाएका हुन् ।

राति आएर लुक्नेहरूको घरमा स्थानीय तहका कर्मचारीहरू जाँदा पनि परिवारले कोही आएको छैन भनेर फर्काइदिने गरेको रिपोर्ट स्थानीय तहले मन्त्रालयमा पठाएको संघीय मामिला एवम् सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.