Nepal Times
Nepal Times
3
Shares

भारतबाट लुकिछिपी नेपाल आउने घटे

भारतबाट लुकिछिपी नेपाल आउने घटे

काठमाडौं : भारतबाट स्थलमार्ग हुँदै स्वदेश फर्काउन नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश बिन्दु तोकिएपछि लुकिछिपी आउनेको सङ्ख्या घटेको छ तर कतिपय ठाउँमा तोकिएको प्रवेश बिन्दु पुग्नका लागि दुई दिन हिँड्नुपर्ने भएकाले त्यसलाई व्यावहारिक बनाउनुपर्ने सुझाव पनि प्रमुख जिल्ला अधिकारीहरूको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले प्रवेश बिन्दु तय गरिएपछि लुकिछिपी स्वदेश फर्कनेहरूको सङ्ख्यामा कमी आएको बताए ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले प्रवेश बिन्दु तोकिनुअघि भारतबाट लुकिछिपी स्वदेश फर्केको पाइए पनि प्रवेश बिन्दु तोकिएपछि गौरीफन्टा नाकाबाहेक अन्य ठाउँबाट स्वदेश प्रवेशमा पूर्णरूपमा निषेध गरिएको जानकारी दिए ।

झापाका प्रमुख जिल्ला अधिकारी उदय राना मगरले सरकारद्वारा तोकिएको प्रवेश बिन्दुको पूर्ण पालना गरिएको बताउँदै खुला सिमानाका कारण लुकिछिपी नेपाल प्रवेश गरिरहेकालाई क्वारेन्टाइनमा राख्ने गरिएको र उनीहरूको पीसीआर परीक्षण गर्ने गरिएको जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.