Nepal Times
Nepal Times
3
Shares

भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को

भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को

१२ जेठ, काठमाडाैँ । भारतमा कोरोना भाइरस रोग (कोभिड–१९) सङ्क्रमण निरन्तर बढिरहेको र बन्दाबन्दीकाबीच पनि भारतले रेल सेवा सञ्चालनमा ल्याइएकाले भारतबाट स्वदेश फर्कने नेपालीको दिनहुँ सीमा नाकामा लर्को लाग्ने गरेको छ । शनिबार मात्र विभिन्न सीमानाकाबाट नेपाल भित्रिने नेपालीको सङ्ख्या सयौँ  रहेको छ ।

 भारतीय क्वारेन्टाइनमा १४ दिनभन्दा बढी समय बिताएका एक हजार दुई सय नेपाली बेलहिया नाका हुँदै नेपाल भित्रिएका छन् ।

क्वारेन्टाइन अवधि पूरा गरेपछि उनीहरू दसगजामा अलपत्र परेका थिए भने स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै बेलहिया नाकामा शुक्रबार नाराबाजी गरेका थिए ।

भारतमा अलपत्र परेपछि स्थानीय प्रशासन र विभिन्न पालिकाको सक्रियतामा शुक्रबार राति उनीहरूलाई नेपाल भित्र्याइएको हो । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने गरी स्वदेश ल्याइएको जानकारी दिए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.