Nepal Times
Nepal Times
3
Shares

भारतमाथि दक्षिण अफ्रिकाको सहज जित

भारतमाथि दक्षिण अफ्रिकाको सहज जित

६ माघ, विराटनगर ।
दक्षिण अफ्रिकाले पहिलो एक दिवसीय क्रिकेटमा भारतलाई हराएको छ ।

घरेलु मैदानमा गएराति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ३१ रनले हराएको हो । दक्षिण अफ्रिकाले दिएको २ सय ९७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ६५ रन मात्र बनाउन सक्यो ।

भारतका लागि शिखर धवन, विराट कोहली र शार्दुल ठाकुरले अर्धशतकीय पारी खेले । धवनले ७९, कोहलीले ५१ र शार्दुल ठाकुरले ५० रन बनाए । यस्तै, श्रेयस आयरले १७ , रिसब पन्तले १६, जस्प्रित बुम्राहले १४ र कप्तान केएल राहुलले १२ रन जोडे ।

दक्षिण अफ्रिकाका लुङ्गी एनजिडी, ताब्रेज शाम्सी र एडिलेले दुई–दुई विकेट लिए भने एडेन मार्क्रम र केशव महाराजले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९६ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले १ सय २९ रन र कप्तान टेम्बा बाभुमाले १ सय १० रनको शतकीय पारी खेले । यस्तै, क्विन्टन डी ककले २७ रन जोडे । भारतका जस्प्रित बुम्राहले दुई तथा रविचन्द्र आश्विनले एक विकेट लिए ।

जितसँगै तीन खेलको श्रृङ्खलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दोस्रो खेल भोलि हुनेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.