Nepal Times
Nepal Times
3
Shares

भारतमा अक्सिजनको चरम अभाव

भारतमा अक्सिजनको चरम अभाव

९ बैशाख, एजेन्सी । भारतमा कोरोना सङ्क्रमितको लागि अक्सिजनको चरम अभाव हुन थालेको विषयलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न निकायका प्रमुखसँग आकस्मिक छलफल गर्नुभएको छ ।

मोदीले मन्त्रिपरिषद्का सचिव, मुख्यसचिव, गृहसचिव र विभिन्न मन्त्रालयका उच्च अधिकारीलाई भेटेर तत्कालै अक्सिजनको आपूर्ति बढाउन निर्देशन दिएका छन् ।

जवाफमा उच्च अधिकारीहरुले यो हप्ता अक्सिजनको आपूर्ति बढाउनेगरी काम भइरहेको जानकारी दिएका छन् ।

मोदीले अक्सिजन बढाउने, द्रुत गतिमा ढुवानी गर्ने र स्वास्थ्य केन्द्रलाई नयाँ प्रणालीबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको खबरमा उल्लेख छ ।

एक राज्यबाट अक्सिजन बोकेर अर्को राज्यमा जाने गाडीलाई कतै पनि अवरोध नगर्न मोदीले निर्देशन दिएका हुन् ।

भारतका २० राज्यमा अहिले प्रतिदिन ६ हजार सात सय ८५ मेट्रिक टन मेडिकल अक्सिजनको माग भइरहेकोमा माग अनुसार आपूर्ति हुन सकेको छैन् ।

अक्सिजनको छिटो आपूर्तिको लागि तीव्र गतिका रेल हवाईजहाजको समेत प्रयोग गर्न सकिनेतर्फ केन्द्रीय सरकारले सुझाव दिएको छ ।

भारतमा पछिल्ला दिनमा कोरोना सङ्क्रमितले अक्सिजन नपाएरै ज्यान गुमाएका घटना बढ्दै गएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.