×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

भारतमा आईपीएल, करोडौंको बाजी नेपालमा

१ बैशाख २०७५
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता चलिरहँदा वीरगन्जमा त्यसैका नाममा करोडौँको जुवा चलिरहेको छ। आईपीएलका हरेक खेलमा हारजितका लागि अवैध जुवा खुलेआम चलाइएको हो। यो खबर हामीले आजको अन्नपूर्ण पोष्टबाट लिएका हौ।

आईपीएलको सट्टाबाजीमा वीरगन्जमा मात्रै दैनिक अधिकतम् एक करोड रुपैयाँसम्मको हारजितको बाजी लाग्ने गरेको छ। आइपिएलमा हारजितको बाजी लगाउनेमा यहाँका क्रिकेट प्रेमी युवा मात्र नभई औद्योगिक घरानाका व्यपारी, राजश्व छलेर सामान भित्रयाउने तस्कर, नेता र ठेकेदारसमेत छन्।

वीरगन्जमा सट्टाबाजीको अवैध कारोबारका लागि दलालहरुले लागि गोप्यरुपमा कार्यालय नै सन्चालन गरेका छन्।आईपीएल म्याचमा हारजीतको बाजी लगाउँदै आएका आदर्शनगरका एक व्यपारीका अनुसार आदर्शनगर, मुर्ली श्रीपुर र घण्टाघर क्षेत्रमा कोठा भाडामा लिएर दलालहरुले गोप्य रुपमा सट्टाबाजीको कार्यालय सञ्चालन गरेका हुन्।

सट्टाबाजीको अवैध कारोबार गर्ने सट्टाबाज र हारजितको रकम बाजी लगाउने व्यक्तिबीच मध्यस्थकर्ता गर्ने स्थानीय दलाललाई बुक्की भनिन्छ। वीरगन्जमा आईपीएल सट्टाबाजीको धन्दामा संलग्न बुक्कीहरु दलाल मात्रै हुन्। सट्टाबाजको मुख्य गिरोह भारतको राजस्थानस्थित जयपुरमा छ।
जयपुरमा रहेका सट्टाबाजको गिरोहले वीरगन्जमा ६ जना व्यक्तिलाई दलाली गर्ने जिम्मा दिएका छन्।

कसरी लगाइन्छ बाजी ?
वीरगन्जका बुक्कीहरुले सट्टाबाजी खेल्ने जुवाडे (ग्राहक) हरुले लगाएको बाजीको रकमबारे जयपुरका सट्टेबाजलाई फोनमार्फत जानकारी गराउँछन्। हारजित भएपछि बाजी जित्ने ग्राहकलाई रकम भुक्तानी दिने र हार्ने ग्राहकले जम्मा गराएको रकम जयपुर पठाउने काम बुक्कीहरुले गर्छन् । दलाली बापत बुक्कीहरुले निश्चित रकम कमिशन पाउँछन्। बाजी लगाएको रकमको २० प्रतिशत कमिशन बुक्कीहरुले लिन्छन्।

आईपीएलको हरेक म्याचमा वीरगन्जका एक बुक्कीलाई १५ देखि २० लाख रुपैयाँ आम्दानी हुन्छ। बुक्कीले जयपुरमा रहेका मुख्य गिरोहलाई न्यूनतम २० देखि २५ लाख भारु धरौटी जम्मा गराएपछि मात्र सट्टाबाजको धन्दा चलाउने अनुमति पाउँछ।

यसरी हुन्छ जुवा
वीरगन्जमा एक म्याचमा एक बुक्कीमार्फत अधिकतम ५० लाख रुपैयाँसम्मको सट्टाबाजी लाग्ने गरेको छ। सट्टाबाजी प्रत्येक म्याचमा खेल्ने टीमको हारजित, ओभरमा बन्ने रनको संख्या, खेलाडीले बनाउने व्याक्तिगत रन र विकेटका लागि लाग्ने गरेको छ।

हारजितको बाजी लगाउने जुवाडेले बुक्कीको कार्यालयमा न्युनतम् १० हजार रुपैयाँ धरौटी जम्मा गराएर आफनो मोबाइल नम्बर टिपाउनु पर्छ। धरौटी रकम जम्मा गराएर मोबाइल नम्बर टिपाएपछि मात्रै बुक्कीले आफनो गोप्य मोबाइल नम्बर सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउँछन्। बुक्कीले अग्रिम रकम जम्मा गराएको व्यक्तिबाहेक अरु कसैसँग सट्टाबाजी नै लगाउदैनन्।

आईपीएलमा सट्टाबाजी लगाउँदै आएका मु्र्ली श्रीपुरका क्रिकेट प्रेमी एक युवक भने, ‘बुक्कीको मोबाइलमा जसको नम्बर सेभ छ, उसले मात्रै बाजी लगाउन पाउँछ, नम्बर सेभ छैन भने फोन गर्दा बुक्कीले कल नै रिजेक्ट गरिदिन्छ।’ ‘१० हजार भन्दा कम रकमको बाजी  बुक्कीले लगाउदैनन्’, उनले भने, ‘मैले पनि उद्घाटन खेलमा मुम्बई इण्डियन्सको पक्षमा २० हजारको बाजी लगाएको थिएँ, तर हारेँ।

२० लाखसम्मको बाजी
ठूला उद्योगी व्यपारी र तस्करहरुले भने एउटै म्याचमा २० लाख रुपैयाँसम्मको बाजी लगाउने गरेको पनि उनले बताए। आईपीएल चलिरहेका बेला वीरगन्जमा प्रत्येक दिन सट्टाबाजीमा दैनिक एक करोड रुपैयाँसम्मको हारजित हुँदा पनि प्रहरीले भेउ पाउन सकेको छैन।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन लिम्बूले भने क्रिकेट म्याचको सट्टाबाजी धन्दा वीरगन्जमा पनि चलिरहेको विषयमा अहिलेसम्म जानकारी नै नभएको बताए।

‘वीरगन्जमा रकमको हारजित हुने गरी सट्टाबाजी धन्दा पनि भइरहेको छ भन्ने पहिलो पटक सुन्दैछु’,  उनले भने, ‘अब हामी यस कुराको पत्ता लगाउँछौँ।
पर्सा प्रहरीका प्रवक्ता लिम्बूले वीरगन्जमा अहिले चलिरहेको सट्टाबाजी धन्दाबारेमा अनभिज्ञता जनाए पनि सन् २०१५ को आइपिएल चलेका बेला २०७२ वैशाख २४ गते वीरगन्जकै आदर्शनगरबाट प्रहरीले सट्टाबाजी धन्दा चलाएका गिरोहका पाँच जनालाई ठूलो रकमसहित पक्राउ गरेको थियो।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top