Nepal Times
Nepal Times
3
Shares

भारतमा एकैदिन १ लाख ६८ हजारमा कोरोना सङ्क्रमण

भारतमा एकैदिन १ लाख ६८ हजारमा कोरोना सङ्क्रमण

३० चैत, काठमाडौ । भारतमा एकैदिन एक लाख ६८ हजार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सङ्ख्या कोरोना महामारी सुरु भएयता सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतमा पछिल्लो एक हप्ता लगातार दैनिक सवा लाखभन्दा धेरैमा सङ्क्रमण पुष्टि हुँदै आएकोमा हिजो एक लाख ६८ हजार नौ सय १२ जनामा पुष्टि भएर खराब रेकर्ड बनेको एनडी टीभीले जनाएको छ । हिजो पनि एक लाख ५२ हजार जनामा कोरोना पुष्टि भएको थियो ।

भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३५ लाख २७ हजार पुगेको छ । यस्तै हिजो मात्रै नौ सय चार जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या एक लाख ७० हजार एक सय ७९ पुगेको छ । भारतमा कोरोनाको खतरनाक दोस्रो लहर फैलिइरहेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

अहिले १२ लाख जना सक्रिय सङ्क्रमित रहेका र उनीहरुको उपचारको लागि आईसीयू र भेन्टिलेटरको अभाव भइरहेको पनि सरकारी अधिकारीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.