Nepal Times
Nepal Times
3
Shares

भारतमा गर्भवती, सुत्केरी, एलर्जी र ज्वरोको औषधि खाइरहेकालाई कोरोना खोप नलगाउन आग्रह

भारतमा गर्भवती, सुत्केरी, एलर्जी र ज्वरोको औषधि खाइरहेकालाई कोरोना खोप नलगाउन आग्रह

६ माघ, काठमाडौँ । कोभिड(१९ विरुद्धको खोप लगाएका केहीमा स्वास्थ्य समस्या देखिएपछि भारतमा खोप लगाउन निश्चित सर्त तोकिएको छ ।

कोभ्याक्सिन खोप उत्पादन गरेको भारतको बायोटेक कम्पनीले खोप लगाउन सर्त तोकेको हो । कम्पनीले एलर्जी हुने, ज्वरो आएका, रगत पातलो बनाउने औषधि खाइरहेका र रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि खाइरहेका व्यक्तिलाई खोप नलगाउन आग्रह गरेको छ ।

यस्तै, गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि खोप नलगाउन कम्पनीले आग्रह गरेको भारतीय पत्रिका द हिन्दूले जनाएको छ । कम्पनीले खोप लगाएपछि गम्भीर एलर्जी हुन सक्ने र श्वास फेर्नसमेत समेत समस्या हुन सक्ने, रिँगटा लाग्ने, कमजोर महशुस हुने जस्ता लक्षण देखिने पनि बताएको छ ।

भारतमा कोभिड(१९ विरुद्धको खोप लगाएका ५८० जनालाई साइड इफेक्ट देखिएको छ । तीन जना भने अस्पतालमा भर्ना भएका छन् । अहिलेसम्म ३ लाख ८१ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.