Nepal Times
Nepal Times
3
Shares

भारतमा थप ३ लाख ६८ हजारमा संक्रमण, ३४ सय १७ जनाको मृत्यु

भारतमा थप ३ लाख ६८ हजारमा संक्रमण, ३४ सय १७ जनाको मृत्यु

२० वैशाख, एजेन्सी ।
भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ६८ हजार १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै कोभिड–१९ बाट ३४ सय १७ जनाको ज्यान गएको छ । भारतमा सक्रिय संक्रमितको संख्या ३४ लाख १३ हजार ६४२ पुगेको स्वाथ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कुल संक्रमितको संख्या एक करोड ९९ लाख २५ हजार ६०४ तथा ज्यान गुमाउनेको संख्या दुई लाख १८ हजार ९५९ पुगेको छ ।

अहिलेसम्म १५ करोड ७१ हजार ९८ हजार भन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।

पछिल्ला दिनमा संक्रमित ठूलो मात्रामा थपिँदै जाँदा अस्पतालमा शैय्या तथा भेन्टिलेटर, अक्सिजन र औषधिको अभाव भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.