Nepal Times
Nepal Times
3
Shares

भारतमा नयाँ रेकर्ड, एकैदिन ३ लाख ३२ हजार भन्दा धेरै संक्रमित फेला

भारतमा नयाँ रेकर्ड, एकैदिन ३ लाख ३२ हजार भन्दा धेरै संक्रमित फेला

१० वैशाख । भारतमा एकैदिन ३ लाख ३२ हजार भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् ।

यो एकदिनमा संक्रमित भेटिएको अहिलेसम्म कै सबैभन्दा ठूलो संख्या हो । भारतमा यसरी नै दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको छ । पछिल्लो २४ घण्टामा ३ लाख ३२ हजार ५०३ जनामा संक्रमण पुष्टि भएको हो । भारतमा संक्रमितको संख्या १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २ हजार २५६ जनाको मृत्यु भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा मात्रै एकैदिन ३ सय ६ जनाको मृत्यु भएको छ । भाइरसको संक्रमण अत्याधिक बढेपछि भारतको निर्वाचन आयोगले चुनावी ¥याली र सभा आयोजना गर्न प्रतिबन्ध लगाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.