×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026
Playing
Top 15 Afternoon News || Mar-03-2026 || Nepal Times
Mar 03, 2026
Playing
खोर्रमशहरः इरानी ब्यालिस्टिक मि सा इल बन्नसक्छ इजरेलमा प्रलय || Nepal Times
Mar 03, 2026
Playing
Iran मा ‘ठूलो कार बाही’, ११ इरानी जहाज डु बाएको दाबी, अमेरिकी असुर क्षित || Nepal Times
Mar 03, 2026
Playing
विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी खेलाडीलाई लाखौं जरिवाना || Nepal Times
Mar 03, 2026
Playing
अमेरिकी सेना इ रान जाने, लेबनानमा भीषण आक्र मणः १० हेडलाइनमा|| Nepal Times
Mar 03, 2026
Playing
आज लाग्दैछ दुर्लभ खण्डग्रास चन्द्रग्रहण,होली खेल्न वर्जित|| Nepal Times
Mar 03, 2026
Playing
रास्वपाको वाचापत्रको विज्ञहरुबाट चिरफार|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली काँग्रेसको घोषणा पत्रमा स्वास्थ्य, सामाजिक विकास र पूर्वाधार योजनाको चिरफार
Mar 02, 2026
Playing
नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा विज्ञका प्रश्नैप्रश्न|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली कांग्रेसको चुनावी एजेण्डा विश्लेषणः के छ स्पष्ट, के रह्यो अधुरो ?|| Nepal Times
Mar 02, 2026
Playing
इरानले नेतन्याहुकै कार्यालयमा क्षे प्या स्त्र हान्यो! || Nepal Times
Mar 02, 2026
Playing
इन्टरसेप्टरहरु छल्दै इरानी मि सा इ लले टारगेटलाई हिट गरेपछि....|| Nepal Times
Mar 02, 2026
Playing
चुनावी सरगर्मीबिच खाडी संकटमा, १७ लाख नेपालीको सुरक्षा चिन्ता || Nepal Times
Mar 02, 2026

भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने

१८ मंसिर २०८२

१७ मंसिर, काठमाण्डौ ।

अन्तराष्ट्रिय न्यायलयले पक्राउ पुर्जी जारी गरेका रुसी राष्ट्रपति भोलि भारत भ्रमणमा आउँदैछन् । पछिल्लो समय रुसबाट इन्धन खरिद गरेको भन्दै अमेरिकाले समेत ट्यारिफ बढाएपछि भारतसँग चिसिएको सम्बन्धका बीच पुटिनको दिल्ली भ्रमणलाई विश्वभरबाटै चासोका साथ हेरिएको छ।

पुटिन ४–५ डिसेम्बरमा भारत भ्रमणमा आउँदैछन्। यस भ्रमणको मुख्य उद्देश्य दुबै देशबीच रक्षा, आणविक ऊर्जा र आतंकवादविरुद्धको लडाइँ जस्ता महत्वपूर्ण मुद्दाहरूमा छलफल गर्नु हो। भारतले एस–४०० मिसाइल प्रणालीको थप खरिद र एसयू–५७ फाइटर जेट खरिद गर्ने सम्भाव्यताबारे रूससँग कुरा गर्ने भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

पुटिनको भारत भ्रमणबारे क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् कि एस–४०० को बिक्री एजेन्डामा रहेको छ र रूस एसयू–५७ फाइटर जेट उपलब्ध गराउने विषयमा पनि विचार गरिरहेको छ। यसका साथै, आणविक ऊर्जा क्षेत्रमा नयाँ समझौता हुन सक्नेछ।

पेस्कोभले दिल्लीमा भएका भर्खरका विस्फोटको निन्दा गर्दै आतंकवादविरुद्ध अन्तर्राष्ट्रिय सहयोगको वकालत गरेका छन्। यस भ्रमणले भारत र रूसबीच रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउनेछ। रूस भारतसँग पाँचौं पुस्ताको स्टिल्थ फाइटर जेट एसयू–५७ खरिद गर्ने सम्भावनामा पनि छलफल गर्न चाहन्छ।

पेस्कोभले एसयू–५७ लाई विश्वकै उत्कृष्ट विमान भएको बताएका छन् र भनेका छन्, “एसयू–५७ विश्वकै उत्कृष्ट विमान हो। एसयू–५७ एजेन्डामा हुनेछ।” एसयू–५७ एउटा यस्तो लडाकू विमान हो जुन राडारमा सजिलै देखिँदैन, अर्थात् यो ‘स्टिल्थ’ प्रविधिबाट सुसज्जित छ।

यो विमान शत्रुको क्षेत्रमा प्रवेश गरी हमला गर्न निकै दक्ष छ। रूस यस विमान भारतलाई बेच्न इच्छुक छ। त्यसैगरी, क्रेमलिनका प्रवक्ता पेस्कोभले संकेत दिएका छन् कि राष्ट्रपति भ्रमणको क्रममा भारत र रूसबीच आणविक ऊर्जा सम्बन्धी समझौता हुन सक्छ।

रूसी कूटनीतिज्ञले भर्खरै दिल्लीमा भएका विस्फोटको कडा निन्दा गरेका छन् र आतंकवादविरुद्ध सहकार्य गर्न आह्वान गरेका छन्। उनले भने, “हामी आतंकवादको निन्दा गर्छौं र हाम्रा देशले धेरै दुःख सहिसकेको छ। हामीले मानिस गुमाउने पीडा अनुभव गरेका छौं।

भारतले यस खतराको सामना धेरैपटक गरिसकेको छ र हामी आतंकवादको निन्दा गर्छौं। आतंकवादविरुद्ध लड्ने एक मात्र उपाय अन्तर्राष्ट्रिय सहयोग हो।”यस्तै रूसी राष्ट्रपति पुटिनको भारत भ्रमणका कारण सुरक्षा एजेन्सीहरू उच्च सतर्कतामा छन्।

यसअघि डिसेम्बर २०२१ मा पुटिन दिल्ली आएका थिए। भ्रमणका लागि सेन्ट्रल फोर्स र दिल्ली प्रहरी पाँच तहको सुरक्षा व्यवस्था तयार पार्ने भएको छ । सुरक्षा स्रोतहरूलाई उदृत गर्दै भारतीय संचारमाध्यामहरुले बताए अनुसार पुटिनको भ्रमण अत्यन्तै ‘गोप्य कभर’ हुनेछ।

उनको विशेष विमान अवतरण गर्दा बाहिरी सुरक्षा तह एनएसजी कमाण्डोहरूले सम्हाल्नेछन्। एसपीजी, एनएसजी, रअ, आइबी र दिल्ली प्रहरीले आफ्ना–आफ्ना सुरक्षा तह राख्नेछन्। यसका साथै ड्रोन जैमर, एआई मोनिटरिङ, रूट सेनिटाइजेशन र एन्टि–स्नाइपर युनिट पनि सक्रिय हुनेछन्।

पुटिन बस्ने होटललाई सुरक्षा अनुसार सेनिटाइज गरिएको छ। त्यहाँ २४ सैै घण्टाको सुरक्षा प्रणाली र रुसी टोलीका लागि अलग सिस्टम सेट गरिएको छ। सुरक्षा व्यवस्था सम्बन्धी स्रोतहरूले बताए अनुसार, पुटिनको आगमनअघि नै ५० अफिसर भारतमा पुगेका छन्।

उनीहरूले पुटिन जाने निश्चित वा सम्भावित सबै ठाउँहरूको सुरक्षा ड्रिल गर्दै छन्। भारतको शीर्ष सुरक्षा एजेन्सी र दिल्ली प्रहरीले चुनिएका अफिसरहरूले मात्र रुसी राष्ट्रपति सुरक्षा टोलीसँग सम्पर्क राख्नेछन्।

स्रोतहरूको अनुसार, जब पुटिन विदेश यात्रा गर्छन्, उनीसँग करिब १०० सुरक्षा अफिसरहरू सधैं हुन्छन्। पुटिनसँग उनको सबैभन्दा सुरक्षित कार ‘ओरस सेनात’ पनि आउँदैछ, जुन कुनै पनि प्रकारको आक्रमणबाट सुरक्षित रहन्छ।

पुटिन जहाँ जाने, त्यहाँ उनीसँगको अदृश्य सेना पहिले नै तैनाथ हुन्छ, स्थानीय वातावरण र मानिसहरूमा मिसिन्छ। यहाँसम्म कि उनीसँग एक पोर्टेबल ल्याब पनि आउँछ, जसबाट उनको खानेकुरा र खानामा विषको जाँच गरिन्छ।

ल्याबको ‘ओके’ रिपोर्ट आएपछि मात्र पुटिन खाना खाने गर्छन्। रूसी राष्ट्रपति खाना र पेय पदार्थसँगै आफ्नो पोर्टेबल टाइलेट पनि साथमा राख्छन्, ताकि अन्य देशमा उनको शरीरको फोहोर पनि नछुटोस्। यसको धेरै कारणहरू छन्।

भनिन्छ, राष्ट्रपति सम्बन्धी कुनै पनि वस्तु विदेशी भूमिमा छुट्यो भने त्यसको विश्लेषणबाट उनको स्वास्थ्य अवस्था बारेमा जानकारी पाउन सकिन्छ, जुन रुसको राष्ट्रिय सुरक्षा प्रोटोकलसँग जोडिएको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top