×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

भारतमा मतगणनाः भाजपाका ओठमुख सुके, मोदीको सपना अधुरो ?

२२ जेष्ठ २०८१

२२ जेठ,  एजेन्सी ।

भारतीय संसद्को तल्लो सदन लोकसभाको लागि आज मतगणना भइरहेको छ। ५४३ सदस्यको लागि भएको निर्वाचनको मतगणनामा भारतीय जनता पार्टी (भाजपा)का उमेदवार सबैभन्दा बढी स्थानमा अग्रता बनाइरहेका छन् । तर भाजपालो सोचेजस्तो प्रारम्भिक रुझान नआएपछि भाजपाको प्रचण्डबहुमतको लक्ष्य अधुरो रहने अनुमान गर्न थालिएको छ ।

भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहँदा ४ सय पारको नारा लिएको सत्तारुढ भारतीय जनता पार्टीले प्रारम्भिक रुझान आफ्नो आँकलनविपरीत आएको प्रतिक्रिया दिएको छ । भाजपाका प्रवक्ता तथा राज्यसभा सांसद सुधांशु त्रिवेदीले मतगणनाको रुझान अनपेक्षित र निराशाजनक रहेको बताएका छन् । भाजपा नेता त्रिवेदीले विशेष गरी उत्तर प्रदेश,पश्चिम बंगाल र राजस्थानको परिणाम विल्कुल अनपेक्षित रहेको बताए ।

उनले भाजपाले सोचेजस्तो परिणाम ल्याउने सम्भावना कमजोर भएको स्वीकार गरे पनि बिजेपी गठबन्धनकै सरकार बन्ने दाबी गरेका छन् । अहिलेसम्म ५ सय ४३ सिटमा सत्तारुढ एनडीए गठबन्धनले २९२ र इन्डिया गठबन्धन २३२ र अन्य १९ स्थानमा अगाडि रहेका छन् । यसले प्रधानमन्त्री नरेन्द्र मोदीको काग्रेसमुक्त भारतको सपना अधुरो देखिएको छ ।

भारतीय निर्वाचन आयोगका अनुसार मंगलबार बिहानबाट सुरु भएको मतगणनामा भाजपाका २३८ उमेदवारले अग्रता कायम गरेका छन् । एक भाजपा उमेदवार विजयी भइसकेका छन् । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)का ९७ उमेदवारले मतगणना भइरहेका स्थानमा अग्रता लिइरहेका छन् ।

पछिल्लो मतगणना अनुशार समाजवादी पार्टीका ३२, अल इन्डिया तृणमूल कांग्रेस (एआईटीसी)का २८, डीएमकेका २१, तेल्गु देशम (टीडीपी)का १६, जनता दल (युनाइटेड)का १४, शिव सेना (उद्धव बालासाहेव थाँक्रे)का १०, नेसनलिस्ट कंग्रेस पार्टीका आठ, कम्युनिस्ट पार्टी अफ इन्डिया (सीपीआई–एम)का ६, शिव सेना–एसएचएसका ६, राष्ट्रिय जनता दलका पाँच, लोक जनतान्त्रिक पार्टीका पाँच, वाईएसआरसीपीका चार र कम्युनिस्ट पार्टी अफ इन्डियाका तीन उमेदवारले अग्रता बनाइरहेका छन् ।

भारतीय मिडियाका अनुसार हालसम्म केन्द्रमा सरकार बनाउन भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) र विपक्षी भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको इन्डियन नेशनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स (आईएनडीआईए)बीच प्र्रतिस्पर्धा देखिएको छ । मतगणना भएका स्थानमध्ये एनडीएका २९३ उमेदवार, इन्डिया गठबन्धनका २०३ उमेदवार र अन्य ३६ उमेदवारले अग्रता बनाएका छन् ।

भारतमा अप्रिल १९ देखि जुन १ सम्म विभिन्न चरणमा निर्वाचन भएको थियो । निर्वाचनमा करोडौँ भारतीय जनताले मतदान गरेका थिए । प्रारम्भिक रुझानले यसअघि विभिन्न टेलिभिजन च्यानलहरुमार्फत गरिएको एक्जिट पोलले हावा खाएको टिप्पणी शुरु भएको छ । एक्जिट पोललाई राहुल गान्धीले मोदी मिडिया पोल भनेका थिए । एक्जिट पोलले भाजपालाई ४ सय सीट कटाएका थिए ।

तर मतगणना जारी रहदा एक्जिट पोलको दावी कमजोर देखिएको छ । भाजपा एक्लैले वहुमत ल्याउने दावी गरिएकोमा उसले एकल वहुमत ल्याउने सम्भावना कमजोर बनेको छ । यद्यपि यो सुरुवाती रुझान हो । विपक्षी गठबन्धनले २९५ सीट ल्याउने दावी गरे पनि एक्जिट पोलले १४० भन्दा तल देखाएको थियो । कांग्रेस प्रवक्ता सुप्रिया सिन्धेले एक्जिट पोलका नाममा गरिएको तिकडमबाजीले हावा खाएको टिप्पणी गरेकी छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top