×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

भारतमा शक्तिशाली ‘मोका’ आँधीको चेतावनी, नेपालमा असर गर्ला ?

२६ बैशाख २०८०

२६ वैशाख, एजेन्सी ।
भारतमा ‘मोका’ नामको शक्तिशाली आँधी आउने चेतावनी जारी गरिएको छ ।

भारतीय मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा बनेको चक्रवात निकै भीषण आँधीमा परिणत हुने र हावाको गति प्रतिघण्टा १३० किलोमिटरसम्म पुग्न सक्ने देखिएको छ ।

सोमबार दक्षिणपूर्वी बंगालको खाडी र नजिकैको दक्षिण अण्डमान सागरमा न्यून चापीय क्षेत्र बनेको छ ।

चक्रवात यही वैशाख २९ मा बंगलादेश र म्यानमारको तटतर्फ अघि बढ्ने अनुमान गरिएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार पश्चिम बंगालमा मोका चक्रवातको प्रभावले यो आँधी तटीय क्षेत्रबाट बंगलादेशतर्फ कति टाढा पुग्छ भन्नेमा निर्भर गर्दछ ।

भारतीय मौसम विभागले पश्चिम बंगाल, ओडिसा र आन्ध्र प्रदेशका लागि पनि अलर्ट जारी गरेको छ ।

विभागले साना समुद्री जहाज र माछा मार्नेहरूलाई मंगलबारदेखि बाहिर ननिस्कन आग्रह गरेको छ । साथै मे १२ सम्म अण्डमान र निकोबार टापुहरू नजिकैको पर्यटन र ढुवानीलाई सीमित गर्न र नजिकबाट निगरानी राख्न भनिएको छ ।

यो शक्तिशाली आँधीलाई मध्यपूर्व एशियाको देश यमनले ‘मोका’ नाम दिएको छ ।

मोका यमनको एउटा सहर हो, जसलाई मोखा पनि भनिन्छ। यो शहर कफीको व्यापारका लागि परिचित छ। ‘मोका कफी’ पनि यसैको नामबाट राखिएको हो ।

एसिया र प्यासिफिकका लागि संयुक्त राष्ट्र संघको आर्थिक र सामाजिक आयोग (भ्क्ऋब्ए) प्यानलका १३ सदस्य राष्ट्रहरूले आँधीलाई नाम दिएका छन्।

जसमा भारत, बंगलादेश, म्यानमार, पाकिस्तान, माल्दिभ्स, ओमान, श्रीलंका, थाइल्याण्ड, इरान, कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स र यमन पर्छन्।

यस क्षेत्रमा उत्पत्ति भएका आँधीहरूको समूह नामकरणमा संलग्न देशहरूको नाम वर्णमाला अनुसार राखिएको छ।

बी बाट पहिले बंगलादेश आएपछि पहिल उसले नामका लागि सुझाव दिनेछ भने त्यसपछि भारत र इरान अनि बाँकी देशहरुले आँधीको नाम सुझाउने छन् ।

सोमबार पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले विज्ञप्ति जारी गर्दै चक्रवातबाट डराउनुपर्ने आवश्यकता नरहेको बताएकी छन् ।

अप्ठ्यारो परेमा तटीय क्षेत्रका जनतालाई उद्धार गरिने उनले उल्लेख गरेकी छन् । भारतमा आउने आँधीको असर नेपालमा भने अहिलेसम्म पर्ने सम्भावना नदेखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top