×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

भारतलाई पराजित गर्दै अस्ट्रेलियाले एक खेल अगावै जित्यो सिरिज

१४ मंसिर २०७७

१४ मंसिर, एजेन्सी ।

अष्ट्रेलियाले भारतसँगको तीन ओडिआई खेलको सिरिज एक खेल अगावै जितेको छ । सिड्नी क्रिकेट मैदानमा भएकाे दोस्रो ओडिआई खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अगावै सिरिज जित्न सफल भएको हो ।

जितका लागि ३ सय ९० रनको विशाल विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३८ रन बनाउन सक्यो । पहिलो विकेटका लागि शिखर धवन र मयंक अग्रवालले ७.४ ओभरमा ५८ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर जोश हेजलवुडले धवनलाई मिचेल स्टार्कबाट ३० रनमा क्याच आउट गराएका थिए । धवनले २३ बलमा ५ चौका प्रहार गरे ।

लगत्तै नवौं ओभरको तेस्रो बलमा अर्का ओपनर अग्रवाललाई प्याट कमिन्सले विकेटकिपर एलेक्स केरीबाट २८ रनमा क्याच गराए । अग्रवालले २६ बलमा ४ चौका प्रहार गरे । मध्यगतिका बलर मोइसेस हेनरिक्सको बलमा ठूलो सट खेल्ने क्रममा युवा ब्याट्सम्यान श्रेयस ऐर मिडविकेटमा स्टिभ स्मिथबाट ३८ रनमा क्याच आउट हुन पुगे । ऐरले ३६ बलमा ५ चौका प्रहार गरे ।

चौथो विकेटका लागि कप्तान विराट कोहली र लोकेश राहुल (केएल) ले ७० बलमा ७२ रनको साझेदारी गर्दै इनिङलाई अघि बढाउन खोजेका थिए । तर हेजलवुडको ३५ औं ओभरको पाँचौ बलमा हेनरिक्सले उत्कृष्ट डाइभ मार्दै मिडविकेटमा कोहलीलाई ८९ रनमा क्याच गरेपछि भारतको जित टाढिएको थियो । कोहलीले ८७ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

विकेटकिपर लोकेश राहुल तल्लोक्रममा ६६ बलमा ४ चौका र ५ छक्का सहित ७६ रनमा आउट भए । स्पिनर एडम जाम्पाको ४४ औं ओभरको चौथो बलमा ठूलो सट खेल्ने धुनमा टप एज लागेर राहुल हेडलवुडबाट समातिन पुगेका थिए ।

तल्लोक्रममा रविन्द्र जडेजाले ११ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २४ रनमा क्याच आउट भए । हार्दिक पान्ड्या ३१ बलमा १ चौका र १ छक्का सहित २८ रनमा स्टिभ स्मिथबाट क्याच आउट भए । कमिन्सले ४७ औं ओभरको पहिलो बलमा जडेजा र दोस्रो बलमा पान्ड्यालाई आउट गरेका थिए ।

अष्ट्रेलियाका प्याट कमिन्सले १० ओभरमा ६७ रन खर्चेर ३ विकेट लिए । जोश हेजलवुडले ९ ओभरमा ५९ रन खर्चेर २ विकेट लिए । एडम जाम्पाले १० ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । ग्लेन म्याक्सवेल र मोइसेस हेनरिक्सले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ८९ रन बनाएको थियो । अष्ट्रेलियालाई विशाल योगफलमा पुर्याउन शीर्षक्रमका पाँचै ब्याट्सम्यानले ५० भन्दा माथिको योगदान दिए । ओडिआई इतिहासमा दोस्रो पटक शीर्षक्रमका पाँचै ब्याट्सम्यानले ५० माथिको रन बनाएका हुन् । ग्लेन म्याक्सवेल २९ बलमा ४ चौका र ४ छक्का सहित ६३ रनमा अविजित रहे ।

स्टिभ स्मिथले ६४ बलमा १४ चौका र २ छक्का सहित सर्वाधिक १ सय ४ रनको शतकीय इनिङको योगदान दिए । भारतविरुद्ध स्मिथको यो लगातार तेस्रो शतक हो । स्मिथ पहिलो ओडिआई खेलमा १ सय ५ रनको शतकीय इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिएका थिए । गत जनवरीमा बंगलोरमा स्मिथले भारतविरुद्ध १ सय ३१ रनको इनिङ खेलेका थिए ।

स्मिथ जारी सिजनको दुैब खेलमा ६२ बलमा शतक पूरा गरे । ओ स्मिथको ओडिआई करिअरको ११ औं शतक पर्दछ । जसमध्य पाँच शतक भारतविरुद्ध छ । स्मिथ हार्दिक पान्ड्याको ४२ औं ओभरको दोस्रो बलमा मोहम्मद शामीबाट क्याच आउट हुन पुगेका थिए ।

ओपनर आरोन फिन्च र डेभिड वार्नरले पहिलो विकेटका लागि २२.५ ओभरमा १ सय ४२ रनको उत्कृष्ट साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए थिए । मोहम्मद सामीको बलमा एज लागेर फिन्च एक्स्ट्रा कभरमा कप्तान विराट कोहलीबाट क्याच आउट भएपछि साझेदारी तोडिकएको थियो । फिन्चले ६९ बलमा ६ चौका र १ छक्का सहित ६० रन जोडे ।

२६ औं ओभरको तेस्रो बलमा दुई रन लिने क्रममा डेभिड वार्नरलाई श्रेयस ऐरले लङअफबाट सिधैं स्टम्पमा ताकेपछि रन आउट हुँदै शतक बनाउन चुकेका थिए । डेभिड वार्नर ७७ बलमा ७ चौका र ३ छक्का सहित ८३ रनको योगदान दिए ।

तेस्रो विकेटका लागि स्मिथ र मार्नस लाबुसेनले ९५ बलमा १ सय ३६ रनको उत्कृष्ट साझेदारी गर्दै विशाल योगफल सम्म पुर्याए । मार्नस लाबुसेन ६१ बलमा ५ चौका चौका सहित ७० रनको योगदान दिए । चौथो विकेटका लागि लाबुसेन र म्याक्सवेलले ८५ बलमा ८० रनको उत्कृष्ट साझेदारी गरेका थिए । लाबुसेनलाई ४९ औं ओभरको पाँचौ बलमा जस्प्रित बुमराहले मयंक अग्रवालबाट मिडअफमा क्याच आउट गराएका थिए ।

भारतका जस्प्रित बुमराहले १० ओभरमा १ मेडन सहित ७९ रन खर्चेर १ विकेट लिए । मोहम्मद शामीले ९ ओभरमा ७३ रन खर्चेर १ विकेट लिए । हार्दिक पान्ड्याले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । भारतले आज सात बलरलाई प्रयोग गरेको थियो । पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको थियो । तेस्रो तथा अन्तिम खेल बुधबार मनुका ओवल क्यानवेरामा हुँने छ । अन्तिम खेलमा भारत क्लिनस्विपबाट बच्ने खोज्ने छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top