×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

भारतले अस्वीकार गरेपछि विश्वकप आयोजक बन्यो युएई

५ भाद्र २०८१

४ भदौ , एजेन्सी ।

बंगलादेशमा हुने तय भएको महिला आईसीसी टी–२० विश्वकप २०२४ अब संयुक्त अरब इमिरेट्स (यूएई)मा हुने भएको छ । बंगलादेशमा राजनीतिक उथलपुथल र सरकारप्रतिको जनआक्रोशपछि असुरक्षा लगायतको कारण देखाउदै बंगलादेशबाट विश्वकप यूएई सारिएको हो। यसअघि बंगलादेशमा हुने भनिएको महिला टी–२० विश्वकप त्यहाँबाट यूएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ ।

युएईमा विश्वकप आयोजना भए पनि होस्टिंग अधिकार भने बंगलादेशकै रहनेछ । यसअघि महिला विश्वकप आगामी अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय थियो । तर बंगलादेशमा भएको पछिल्लो विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा प्रतियोगिता हुने नहुने अनिश्चित बनेको थियो । बंगलादेशमा जुलाई र अगस्टमा देशव्यापी सरकार विरोधी आन्दोलनपछि आइसिसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो ।

तत्कालिन प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर भारतको शरणमा पुगेकी छिन् । त्यहाँ अन्तरिम सरकार गठन भएको छ । तर, बंगलादेशबाट तोडफोड र लुटपाटका साथै हिंसात्मक गतिविधिका घटनाहरू निरन्तर भइरहेकाले आइसिसी यो निणर्यमा पुगेको हो । बंगलादेश सरकारले विश्वकप आयोजना गर्न अन्तिम समयसम्म प्रयास गरेको थियो ।

तर, अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड र बेलायत लगायत देशले आफ्ना नागरिकलाई बंगलादेश जान रोक लगाएका छन् । बिसिसिआईले विश्वकप आयोजनाका लागि आइसिसीको प्रस्ताव अस्वीकार गरेपछि यूएई, श्रीलंका र जिम्बाब्वे विश्वकप आयोजनाका लागि विकल्पका रुपमा रहेका थिए । यसअघि भारतलाई महिला टी२० विश्वकप आयोजनाका लागि प्रस्ताव गरेपनि भारतले अस्वीकार गरेको थियो ।

अब महिला टी–२० विश्वकप यूएईको दुई शहर दुबई र शारजहामा हुने आईसीसीले जनाएको छ । आईसीसीका प्रमुख कार्यकारी जेफ एलार्डासले बंगलादेशमा विश्वकप आयोजना गर्न नपाउनु लाजमर्दो कुरा रहेको बताएका छन् । यस्तै विश्वकप आयोजकको रुपमा आगाडी आएको इमिरेट्स क्रिकेट बोर्डलाई एलार्डासले धन्यवाद दिएका छन् ।

आईसीसीको हेडक्वाटर रहेको यूएई पछिल्लो समय क्रिकेट प्रतियोगिताहरुको लागि हब नै बनेको छ । यूएईले सन् २०२१ मा ओमानसँगै पुरुष टी२० विश्वकपका साथै विभिन्न छनोट प्रतियोगिताहरु आयोजना गरिसकेको छ । विश्वस्तरीय पूर्वाधार र सुविधा भएको यूएई महिला टी–२० विश्वकप आयोजनाका लागि सबै किसिमले तयार रहेको आईसीसीले जनाएको छ । १० टोलीको सहभागिता रहेको प्रतियोगिता अक्टोबर ३ देखि अक्टोबर २० सम्म सञ्चालन हुनेछ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top