Nepal Times
Nepal Times
3
Shares

भारतले दिएको खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण

भारतले दिएको खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण

८ माघ, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार बालुवाटारमा आयोजित कार्यक्रममा भारत सरकारको तर्फबाट उपहार स्वरुप कोरोनाविरुद्दको १० लाख डोज खोप हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई थप ४० लाख डोज खोप चाहिएको भन्दै भारत सरकारले नेपाललाई कसरी उपलब्ध गराउन सक्छ छलफल गर्न आवश्यक रहेको बताए । उनले नेपालले आवश्यक खोपहरु खरिद गर्न तयार रहेको भन्दै पूर्वसर्तहरु भए मान्न तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले भारत सरकारले बाँकी खोपहरुपनि उपलब्ध गराउने विश्वास व्यक्त गरे। उनले भारतले नेपाललाई कोरोनाविरुद्दको खोप सहयोग गर्नु मित्रताको प्रतिकको रुपमा रहेको उल्लेख गर्दै यसले दुईदेश विचको एकतालाई देखाएको बताए ।

यस्तै हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारत सरकारको सहयोग निरन्तर हुने बताए। भारतले छिमेक पहिलो नीतिलाई प्राथमिकता दिएको बताए।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.