Nepal Times
Nepal Times
3
Shares

भारतले २०२१ मा र अष्ट्रेलियाले २०२२ मा टी–२० विश्वकप आयोजना गर्ने

भारतले २०२१ मा र अष्ट्रेलियाले २०२२ मा टी–२० विश्वकप आयोजना गर्ने

२४ साउन, काठमाडौं ।
सन् २०२१ को आईसीसी टी–२० विश्वकप क्रिकेट भारतमै हुने पक्का भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले शुक्रबार २०२१ को टी–२० विश्वकप भारतमै हुने जनाएको हो ।

आईसीसीबाट अनुमति पाएसँगै भारतमा हुने विश्वकप सन् २०२१ को अक्टोबरदेखि नोभेम्बरसम्म हुनेछ । फाइनल नोभेम्बर १४ मा हुने बताइएको छ ।

अष्ट्रेलियामा २०२१ मै हुने भनिएको टी–२० विश्वकप भने २०२२ सम्मका लागि स्थगित गरिएको छ । अष्ट्रेलियामा यसै वर्ष अक्टोबरमा आयोजना हुने भनिएको टी–२० विश्वकप कोरोना भाइरस महामारीको कारण २०२१ सम्मको लागि स्थगित गरेको थियो ।

त्यस्तै आगामी वर्ष न्युजिल्याण्डमा हुने भनिएको महिलाको एक दिवसीय विश्वकप क्रिकेट भने एक वर्ष पछि आईसीसीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.