×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

भारतविरुद्ध उत्रिने बालेनलाई नै भारतीय एजेन्ट बनाइयो !

१७ भाद्र २०८१

१७ भाद्र, विराटनगर । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुका अध्यक्ष समिक बडालले गम्भीर आरोप लगाएका छन् ।

मेयर शाहले एमालेकी प्रदेश सांसद रेखा शर्मालाई तत्काल पक्राउ गरी कारबाही गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष माग गरेको केही घण्टा नबित्दै विद्यार्थी नेता बडालले मेयर शाहमाथि भारतीय गुप्तचर एजेन्सीसँगको निर्देशनमा काम गरेको गम्भीर आरोप लगाएका छन् ।

उनले सांग्रिला होटेल पछाडि घर भाडा लिएर दैनिक भारतीय खुफिया एजेन्सीको निर्देशनमा नेपाली जनताको आँखामा छारो हाल्ने काम गरेको भन्दै बालेनलाई त्यो काम बन्द गर्न भनेका छन् । उनले नेपाली जनताले बालेनको असलियत बुझ्ने दिन धेरै टाढा नभएको पनि लेखेका छन् ।

बडालले सामाजिक संजालमा लेखेका छन्, काठमाण्डौ महानगरको मेयर बालेनजि साङ्ग्रिला होटेल पछाडी घर भाडा लिएर दैनिक भारतिय खुफिया एजेन्सीसगको निर्देशनमा नेपाली जनताको आखामा छारो हाल्न बन्द गर्नुस्। नेपाली जनताले तपाइको असलियत बुझ्ने दिन धेरै टाढा छैन्।

काठमाडौंका मेयर बालेनले कडालले यो गम्भीर आरोप लगाउनु केही घण्टा अघि मात्रै सामाजिक संजाल फेसबुकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीमाथि निशाना साधेका थिए । उनले एमालेबाट निर्वाचित सांसदले बाल श्रम शोषण गरिरहेको पुष्टि भएपनि सरकारले पक्राउ नगरेको भन्दै प्रधानमन्त्रीमाथि कटाक्ष गरेका थिए, उनले एमाले सांसदको तस्विरसहित लेखेका छन्, उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , उहाँले बिगत ८ वर्ष देखि बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनु भएको छ । दैनिक रूपमा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगरले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।

उनले थप लेखेका छन्, सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु , सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउनलाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहीको आँशु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।

बालेनमाथि भारतीय गुप्तचरसँग सम्बम्ध रहेको गम्भिर आरोप लागिरहदा गएको जेठमा मात्रै बालेनले भारतलाई चुनौती दिने गरी भारतीय भूमिसमेत समेटिएको ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षामा राखेका थिए ।

भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेपछि त्यसको विरोधमा नेपालमा पनि ‘ग्रेटर नेपाल’को नक्सा राख्नुपर्ने मागहरु उठिरहेका बेला बालेनले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका थिए । ग्रेटर नेपालको नक्सा उनको कार्यकक्षमा राख्दै गर्दा भने उनी भारतकै भ्रमणमा रहेका थिए । बालेनको यो कदमको भारतीय संचारमाध्याममा ब्यापक चर्चा चलेको थियो । बालेनले ग्रेटर नेपालको नक्शा राखेपछि भारतीय संचारमाध्यामहरुले यसलाई प्रमुखताका साथ सामाचार प्रकाशन गरेका थिए ।

नवभारत टाइम्सले लेखेको थियो , हिमाचल, यूपी, बिहार‘ ’ग्रेटर नेपाल’ मा देखाइयो भारतीय भूभाग । यस्तै प्रभा साक्षीले , ’अखंड भारत’प्रति आक्रोशित, नेपालले अब भारतीय भूमिमा दावी गर्दै, नितिशको हाजीपुर, योगीको गोरखपुर सबै ग्रेटर नेपालमा समावेश । भारतीय संचारमाध्यामहरुले बालेनको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नुलाई संविधानविपरित रहेको समेत उल्लेख गरेका थिए ।

ग्रेटर नेपालको नक्सा प्रकरणको एक महिनापछि गएको असारमा मेयर बालेनले भारतीय गुलामहरुले देश चलाएको आरोप लगाएका थिए। उनले सामाजिक सञ्जालमार्फत आफूहरुलाई प्रधानमन्त्री प्रचण्डभन्दा पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरुमाथि शंका लागेको बताएका थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘भारतीय गुलामहरुले देश चलाउँदैछ, र म मात्र विरोधमा ? र म मात्र अदालतको अबहेलनामा ? सबै जना मरेका लाशहरु हुन् ?’

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top