Nepal Times
Nepal Times
3
Shares

भारतसँग प्रधानमन्त्रीस्तरमा वार्ता गर्न सिपी गजुरेलको सुझाव

भारतसँग प्रधानमन्त्रीस्तरमा वार्ता गर्न सिपी गजुरेलको सुझाव

२५ कात्तिक, काठमाडौँ ।
मोहन बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले भारतसँगको सीमा समस्या समाधानका लागि तत्काल प्रधानमन्त्री स्तरमा वार्ता गर्न सरकारसँग माग गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सिपी गजुरेलले भारतसँगको सीमा समस्या समाधानका लागि तत्काल प्रधानमन्त्री स्तरमा वार्ता गर्न सरकारसँग माग गरेका हुन् ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्रीस्तरमा हुने वार्ताबाट पनि समाधान नभए सो विवादलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने धारणा पनि राखे । नेता गजुरेलले भारतसँगको सीमा समस्या समाधानका लागि देशभित्रै जनआन्दोलनको आँधिबेहरी पनि सृजना गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

वरिष्ठ नेता गजुरेलले भारतसँग सचिव स्तरमा, परराष्ट्र मन्त्री स्तरमा वार्ता गरेर सो समस्या समाधान हुने आधार नभएको पनि पटक पटक दोहो¥याए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.