Nepal Times
Nepal Times
3
Shares

भारतसँग सबै जिल्ला जोडिएको प्रदेश नं २ मा नागरिकता विधेयकप्रति झनै चासो

भारतसँग सबै जिल्ला जोडिएको प्रदेश नं २ मा नागरिकता विधेयकप्रति झनै चासो

 २ असोज, काठमाडौं। नागरिकता विधेयकको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानलाई लिएर संघमा सत्तारुढ नेकपा र मुख्य प्रतिपक्षी कांग्रेसलगायत दलहरुबीच रस्साकसी चलिरहेका बेला भारतसँग सबै जिल्ला जोडिएको प्रदेश नं २ मा यो झनै चासोको विषय बनेछ ।

 प्रदेश २ का आठै जिल्लामा नेपाल–भारत दुवैतिर बिहेवारी हुने चलन नौलो होइन तर पछिल्ला वर्षमा भारतीय बुहारी भित्रिने संख्य निकै बढेको छ । प्रदेश २ मा भारतबाट विवाह गरेर आउने संख्या रहेक वर्ष ५ हजारभन्दा बढी रहेको अनुमानित तथ्याङ्क छ ।

 नेपाली चेलीको भारततर्फ बिहेवारी भने नगण्य छ । वैवाहिक अंगीकृत नागरिकता लिन अहिलेकै प्रावधानअनुसार पनि आधा दर्जनभन्दा बढी प्रमाण बुझाउनुपर्छ । यसका लागि ७ नं अनुसूची फारम, वडाको सिफारिस, पतिको नेपाली नागरिकता, जन्ममिति खुलेको कागजात, बुबाआमाको परिचयपत्र, विदेशी नागरिकता परित्याग लागि गरेको कारबाहीको रसिद र विदेशी नागरिकता त्याग गरेको सपथपत्र अनिवार्य छ ।

तैपनि यस्तो नागरिकता लिनेको संख्या बर्सेनि दोब्बरभन्दा बढी हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाबाट वैवाहिक अंगीकृत नागरिकता लिने महिलाको संख्या ५ वर्षयता तीन गुणाले बढेको छ । ०७१ मा धनुषाबाट २८८ महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका थिए । यो समाचार कान्तिपुर दैनिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.