Nepal Times
Nepal Times
3
Shares

भारतीय कदमको विरोधमा समग्र मुलुक एकजुट छः नेम्वाङ

भारतीय कदमको विरोधमा समग्र मुलुक एकजुट छः नेम्वाङ

३० कात्तिक,इलाम ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले नेपाली भूमिमा भारतीय अतिक्रमण निन्दनीय कार्य भएको भन्दै उक्त कार्य सच्याउन माग गरेका छन् ।

इलामको माङसेबुङमा नेकपा गाउँ कमिटीले आयोजना गरेको पार्टी प्रवेश, शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गराउन सरकारले कूटनीतिक पहलसमेत अघि बढाएको बताए ।

“कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमी हो”, उनले भने, “यस सम्बन्धमा सङ्घीय सरकारले कूटनीतिक पहल थालिसकेको छ, भारतीय कदमको विरोधमा समग्र नेपाल एकजुट छ ।”

मुलुक विकास र समृद्धिको यात्रामा अघि बढेको भन्दै नेता नेम्वाङले समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताए ।

तीनै तहका सरकारले जनताका पक्षमा महत्वपूर्ण काम गर्दै अघि बढिरहेकाले उनले त्यसका लागि जनताले प्रत्यक्ष चुनेका प्रतिनिधिले बनाएको नेपालको संविधानले सम्पूर्ण नेपालीको हक, अधिकारको ग्यारेण्टी गरेको र सरकार त्यसैको कार्यान्वयनमा लागिपरेको बताए । (रासस)

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.