Nepal Times
Nepal Times
3
Shares

भारतीय कोरोना खोप ’कोभिसिल्ड’ लाई नेपालले दियो आपतकालीन प्रयोगको अनुमति

भारतीय कोरोना खोप ’कोभिसिल्ड’ लाई नेपालले दियो आपतकालीन प्रयोगको अनुमति

२ माघ, काठमाडौं । भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ’कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोपलाई नेपालमा पनि आपतकालीन प्रयोग गर्न अनुमति दिइएको छ।

औषधी व्यवस्था विभागको शुक्रबार बसेको बैठकले उक्त खोप आपतकालीन प्रयोगका लागि अनुमति दिने निर्णय गरेको हो।

सरकारले कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न अनुमति दिइएको यो पहिलो खोप हो।

विश्वकै ठूलो औषधी तथा खोप उत्पादक भारतीय कम्पनी सेरम इन्स्टिच्युटले अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेन्काले विकास गरेको खोप भारतमा उत्पादन गरिरहेको छ। भारतमा भोलिदेखि यो खोप आममानिसलाई लगाउन थालिनेछ।

खोप प्रयोगको आपतकालीन अनुमति प्रदान गरिएसँगै खोप चाँडो आउने विश्वास लिइएको छ। सरकारले निजी क्षेत्रलाई पनि खोप आयात गर्ने अनुमति दिएको छ।

सरकारले कोभ्याक्सअन्तर्गत पहिलो लटमा आउने भनिएको ३ प्रतिशत खोप आउन ढिला भए आफैं खरिद गरेर भए पनि खोप छिटो ल्याउने जनाएको छ। कोभ्याक्सअन्तर्गतको पहिलो लटको ३ प्रतिशत खोप यसै वर्षको पहिलो चौमासिकमा आउने विश्वास लिइएको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.