Nepal Times
Nepal Times
3
Shares

भारतीय गुप्तचरसँग प्रचण्डको भेट भएको छैनः विष्णु सापकोटा

भारतीय गुप्तचरसँग प्रचण्डको भेट भएको छैनः विष्णु सापकोटा

६ कार्तिक, काठमाडौं ।
भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग प्रचण्डको भेट नभएको उनको सचिवालयले बताएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले भारतीय गुप्तचरसँग प्रचण्डको भेट नभएको बताएका छन् । भारतीय गुप्तचरको आगमनबारे प्रचण्ड सचिवालय अनभिज्ञता यदि सही हो भने यो भ्रमणबारे प्रधानमन्त्री एवं अध्यक्ष ओलीले पार्टी सचिवालयमा कुनै पनि छलफल वा पूर्वजानकारी नदिएको देखिन्छ ।

नेकपाको गत स्थायी कमिटी बैठकले पार्टी र सरकार सञ्चालन दुई अध्यक्षवीचको सरसल्लाहमा गर्ने भनिएको थियो । पछिल्लो समय भारतसँग सीमा विवाद चर्कंदै गएका बेला नेकपाको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले नै नेपाल सरकारले नक्शा जारी गर्नुपर्ने निर्णय गराएका थिए ।

पार्टीको सो निर्णयपछि सरकारले नक्सा जारी गरेको थियो । तर, पार्टीभित्र अन्तरविरोध बढ्दै जाँदा ओली पक्षका कार्यकर्ताहरुले प्रचण्डलाई ‘भारतीय दलाल’ समेत भन्ने गरेका थिए ।

तर, अहिले प्रधानमन्त्री ओलीले भारतीय गुप्तचरलाई नेपाल निम्त्याउँदा पार्टीमा कुनै सल्लाह नै नगरेको प्रचण्डका निकटस्थहरु बताउँछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.