×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भारतीय जेलमा रहेका नेपालीको खोजी

२ माघ २०७४

नयाँदिल्ली – भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न भारतस्थित नेपाली दूतावासले पहल सुरु गरेको छ। दूतावासले भारतीय जेलमा रहेका नेपालीको प्रारम्भिक तथ्यांक संकलन गर्ने कार्य सुरु गरेको कार्यवाहक राजदूत भरतकुमार रेग्मीले जानकारी दिए।

दूतावासले एक महिनाअघि भारतका केही संस्थासँग मिलेर तथ्यांक संकलन थालेको थियो। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘भारतमा विभिन्न आरोपमा जेलजीवन बिताउन बाध्य नेपालीको उद्धारका लागि पहिलो चरणमा तथ्यांक संकलन गर्ने कार्य सुरु गरेका छौं। तीन÷चार महिनाभित्र यो कार्य सकिने अनुमान छ’, रेग्मीले भने।

‘तथ्यांक संकलनपछि उनीहरूको उद्धारका लागि भारतको केन्द्र सरकार तथा राज्य सरकारहरूसँग पहल गर्ने प्रक्रिया सुरु गर्न सक्छौं’, उनले थपे। हिमाञ्चल प्रदेशको नाहान जेलमा १४ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका एक नेपालीको उद्धारमा जाँदा त्यहाँ ३४ जना नेपाली रहेको जानकारी पाइयो।

त्यसलाई ध्यानमा राख्दै जेलमा रहेका नेपालीको उद्धारको पहल गर्ने क्रममा अध्ययन थालेको रेग्मीले जानकारी दिए। दूतावासका अनुसार पछिल्लो चार वर्षमा भारतका जेलबाट ७३ जना नेपालीको उद्धार गरिएको छ। तीमध्ये ४८ जनाको हिमाञ्चल प्रदेशको जेलबाट उद्धार गरिएको छ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top