×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

भारतीय परिवारकै नेपाली नागरिकता

३ चैत्र २०७४

विराटनगर – एक भारतीय परिवारले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय मोरङबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको छ। आजको अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा यो खबर छ ।

भारतको अररिया जोगबनी नगरपञ्चायत–१० का स्व.गजेन्द्र साहकी ६१ वर्षीया पत्नी पार्वतीदेवी साह, छोरा सन्तोषकुमार साह, नरेशकुमार साह, धीरेन्द्रकुमार साह र बुहारी (नरेशकी पत्नी) रिङ्कीदेवी साहले नेपाली नागरिकता लिएका हुन्।

विराटनगर–१६, दरैयामा बस्दै आएका पार्वतीका छोरा सन्तोषलाई इलाका प्रहरी कार्यालय रानीले पक्राउ गरेपछि नागरिकताको रहस्य खुलेको हो। उनको साथबाट भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र र नेपाली नागरिकता तथा मतदाता परिचयपत्र बरामद भएको इप्रका रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए। प्रहरीले नागरिकतासम्बन्धी कसुरमा अनुसन्धान गर्न सन्तोषको म्याद थप गरेको छ। निरौलाले भने, ‘परिवारका अन्य सदस्य भने अझै पक्राउ परेका छैनन्।’

नागरिकता बनेसँगै यो परिवारका सदस्यले नेपालमै जग्गा किनेर व्यापार गरिरहेको प्रहरीले फेला पारेको छ। छोराहरूका नाममा जारी भएको नेपाली नागरिकतामा बुबा भनेर गजेन्द्रको नाम उल्लेख भएका कारण उनले पनि नेपाली नागरिकता लिएको हुन सक्ने प्रहरीको भनाइ छ। प्रहरीले गजेन्द्रको मृत्यु भइसकेका कारण थप कुरा अनुसन्धानपछि मात्रै खुल्ने बताएको छ।

सन्तोषले सन् २००३ जनवरी २ तारिखमा बिहार अररिया जिल्लाको फारबिसगन्ज इन्द्रनगर– ४ बाट भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र प्राप्त गरेका थिए। त्यसको नम्बर जीवाईक्यू ११५१९७६ हो। उनीसँग भारतीय मतदाता परिचयपत्र पनि छ। यसमा पनि बुबाको नाम स्व.गजेन्द्र साह उल्लेख छ। सन्तोषले ०६४ साल जेठ १३ गते मोरङ जिल्ला प्रशासन कार्यालयबाट जन्मको आधारमा लिएको ९१ नम्बरको नागरिकतामा जन्ममिति ०३४ चैत १५ गते उल्लेख छ। यसमा बुबाको नाम स्व. गजेन्द्र साह उल्लेख छ भने प्रशासकीय अधिकृत पर्वप्रसाद सापकोटाले हस्ताक्षर गरेका छन्। नेपाली नागरिकतामा ४० वर्ष उमेर देखिएका सन्तोषकी पत्नी पुनमदेवीको साथबाट भने नेपाली नागरिकता फेला नपरेको प्रहरीले जनाएको छ। उनी भारतीय नागरिक नै भएको देखिन आएको प्रनि निरौलाले बताए।

सन्तोष जेठा, नरेश माइला र धीरेन्द्र कान्छा छोरा हुन्। तर, उनीहरूले लिएको भारतीय नागरिक भएको प्रमाणित हुने परिचयपत्रमा भने नरेशको उमेर बढी छ। सन्तोषको उमेर ३७ वर्ष र नरेशको ३८ वर्ष उल्लेख छ। परिचयपत्रअनुसार सन्तोषभन्दा नरेश एक वर्ष जेठो रहेको ठहरिन्छ। धीरेन्द्रको उमेर ३३ वर्ष छ।

नरेशले सन् १९८० जनवरी १ तारिख जन्ममिति राखेर ३६३५९९१२९९५६ नम्बरको भारतीय परिचयपत्र लिएका छन्। जसमा बुबाको नाम गजेन्द्र नै उल्लेख छ। प्रनि निरौलाका अनुसार सन्तोष र नरेशले एकैदिन अर्थात् ०६४ जेठ १३ गते नेपाली नागरिकताको प्रमाणपत्र मोरङबाट लिएको प्रमाण फेला परेको छ। सन्तोषले ९१ र नरेशले ९२ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन्।

नरेशकी पत्नी ३४ वर्षीय रिंकीदेवी साहले लिएको नेपाली नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्रमा समेत पतिको नाम नरेश नै उल्लेख छ। रिंकीदेवीले भने १६६८९७७९ नम्बरको नेपाली मतदाता परिचयपत्र र १४२५४ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएको फेला परेको जानकारी निरौलाले दिए। उनको नाममा सन् २०१० जुन १५ तारिखमा जारी भएको टीएफएस ०७७१३५२ नम्बरको भारतीय नागरिक प्रमाणित हुने परिचयपत्र फेला परेको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top