Nepal Times
Nepal Times
3
Shares

भारतीय प्रशिक्षक शास्त्री ड्रेसिङ रूममै निदाएपछि….

भारतीय प्रशिक्षक शास्त्री ड्रेसिङ रूममै निदाएपछि….

एजेन्सी, कात्तिक ५
राँचीमा जारी भारत र दक्षिण अफ्रिकाबीचको तेस्रो तथा अन्तिम टेष्टमा तेस्रो दिनको खेल सकिँदा भारत जित नजिक छ । यता भारत क्लिन स्विप नजिक हुँदा प्रमुख प्रशिक्षक रवि शास्त्री ड्रेसिंग रूममै निदाएको तस्विरले सामाजिक संजाल र भारतीय मिडियामा भने निकै चर्चा पाएको छ ।

ड्रेसिंग रूममै निदाएको तस्विरलाई विभिन्न दृष्टीकोणबाट मजाकमा समेत उडाइएको छ । शास्त्रीको ड्रेसिंग रूममै निदाएको तस्विर भारतीय मिडियामा पनि राम्रोसँग छाएको छ । शास्त्रीको तलब झन्डै १० करोड भारतीय रुपैंया रहेको पक्षलाई यस तस्बिरसँग जोडेर धेरैले प्रतिक्रिया दिएका छन् । ट्विटरमा रोहित बरेथले ट्वीट गर्दै लेखेका छन्, ‘सुत्नको लागि १० करोडको उत्कृष्ट जब छ ।’ त्यस्तै एक ट्वीटर ह्यान्डलमा शास्त्रीले विश्वकै आरामदायी नोकरी पाएको लेखेका छन् ।

तेस्रो दिनको खेल सकिदा दक्षिण अफ्रिका २ सय ३ रनले पछि छ र उसको साथमा २ विकेट मात्रै रहेको छ । तेस्रो दिनको खेल सकिँदा फलोअनमा परेको दक्षिण अफ्रिका ४६ ओभरमा १३२–८ को अवस्था छ । दक्षिण अफ्रिका पहिलो इनिङमा ५६.२ ओभरमा १ सय ६२ रनमा अल आउट भएपछि फलोअनमा परेको थियो । भारतले रोहित शर्माको दोहोरो शतक र अजिंक्या रहाणेको शतकमा ११६.३ ओभरमा ४९७–९ को अवस्थामा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.