×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

भारतीय ब्रान्डभन्दा १५ प्रतिशत सस्तोमा नेपालमै प्लाष्टिक त्रिपालको उत्पादन (भिडियो रिपोर्टसहित)

११ फाल्गुन २०७५

विराटनगर, फागुन ११
औद्योगिक घराना गोल्यान ग्रुपले सुनसरीको दुहबीमा स्थापना गरेको शिवम् प्लाष्टिकले भारतीय ब्रान्डभन्दा १५ प्रतिशत सस्तोमा ‘सुपर पोलिन’ क्रस लेमिनेटेड प्लाष्टिक त्रिपालका उत्पादन गरिरहेको दावी गरेको छ । उद्योगले यदि भन्सारबाट भारतीय उत्पादन न्यून बिजिकरणमा नआए कृषकलाई ४० देखि ५० प्रतिशत सम्म सस्तो पर्ने दावी गरेको छ । एक अर्ब रुपैयाँ लागतमा स्थापना भएको शिवम् प्लाष्टिक उद्योगले कृषि, माछा पालन, टनेल, पोल्ट्री फार्मलगायतमा उपयोग हुने प्लाष्टिक त्रिपालको उत्पादनलाई तीब्रता दिएको छ ।

गोल्यान ग्रुपले ‘सुपर पोलिन’ क्रस लेमिनेटेड प्लाष्टिक त्रिपालका उत्पादन नेपालमा पहिलो पटक झण्डै ८ महिना अघि सुरु गरेको हो । ८ महिना अघिदेखि उत्पादन सुरु गरेको शिवम् प्लाष्टिकले मासिक २ सय २५ टनको उत्पादन क्षमता रहेपनि पहिलो महिना ६० टन मात्र उत्पादन गरेको छ । क्रस लेमिनेटेड त्रिपाल उत्पादन गर्ने नेपालको एक मात्र उद्योग रहेको शिवम् प्लास्टिकले अन्तराष्ट्रिय स्तर भन्दा पनि गुणस्तरीय प्लाष्टिक त्रिपाल उत्पादन गर्ने गरेको उद्योगका सञ्चालक निखिल अग्रवालले दावी गरेका छन् ।

दुवई, सिंगापुर र अष्ट्रियाबाट कच्चा पदार्थ (प्लाष्टिक दाना) आयात गरेर उत्पादन गर्दै आएको सो उद्योगले ८ महिनाको अवधिमा ९ सय टन उत्पादन गरिसकेको छ । उत्पादन भएको ३ सय टन बाहेक सवै बिक्री भइसकेको सञ्चालक अग्रवालले बताए । उनले नेपालमा वार्षिक २ हजारदेखि २५ सय टन सम्म त्रिपालको माग रहेको बताउँदै आफ्नो उद्योगको पनि वार्षिक उत्पादन क्षमता २५ सय टन रहेको बताए । यस अघि ३० वर्ष अघि सम्म नेपालमा छिमेकी मुलुक भारतबाट सिल्पोलिन नामक त्रिपाल आयात हुनेगरेको थियो ।

३० वर्षसम्म विश्वभर उत्पादनको अधिकार सो ब्राण्डसँग मात्र रहेकाले नेपाल लगायत विश्वभर सिल्पोलिनले कब्जा जमाउदै आएपनि करिब ३ वर्ष अघि त्यो अधिकार समाप्त भएपछि नेपाल लगायत अन्य मुलुकमा पनि क्रस लेमिनेटेड त्रिपालको उत्पादन सुरु भएको र नेपालमा पहिलो तथा एक मात्र उद्योग शिवम् प्लाष्टिक उद्योग रहेको अग्रवालले दावी गरे । उनले ७० प्रतिशत स्वदेश र अन्य ३० प्रतिशत भारत लगायत तेस्रो मुलुक त्रिपाल निर्यात भइरहेको बताए ।

त्रिपाल मसला, खोर्सानी, सुपारी, नरिवल वेसार जस्ता कृषि उत्पादन सुकाउन, यात्राका वेला सामान ढाक्न, प्याकेजिङका लागि, टनेल, ग्रिन हाउस, नर्सरी तथ एप्रोनका लागि प्रयोग गर्न सकिने छ । त्यस्तै वर्षातको पानी छेक्ने टहराहरु बनाउन तथा टहराका रुपमा प्रयोग गर्न, विभिन्न निर्माण सामाग्रीहरु छोप्न, निर्माण कार्यमा वाटरप्रुफ लेयेर बनाउन, पानी ट्यांकी र पोखरीको लाईनिंग गर्न तथ ठूला आकारका सामान छोप्नका लागि यसको प्रयोग गर्न सकिने छ । यो माछा पालन, पाल्ट्रिफर्म लगायतका लागि उपयोगी रहेकोे छ । हलुका, मुलायम तथा दह्रो दोहोरो लेमिनेशन गरिएको छेडिने च्यातिनेबाट जोगाउन उच्च डार्ट स्ट्रेन्थ भएको, साधारण घस्राईबाट नच्यातिने , जस्तो सुकै जलवायूलाई थेग्न सक्ने अल्ट्रभ्वाईलेट विकिरण रोक्न सक्ने, शत प्रतिशत वाटर पु्रफ, अधिकांश केमिकलले असर नगर्ने, ओसलाई रोक्ने, स्वीस प्रविधिबाट बनेको कम्पनीले जनाएको छ । त्रिपाल २ वर्ष सम्म निर्धक्क चल्ने दावी गर्दै १ वर्षको वारेन्टी समेत दिने गरे शिवम् प्लाष्टिकले दावी गरेको छ ।

उद्योगको एकल प्रयासले नेपाली कृषकहरुलाई स्वदेशी क्रस लेमिनेटेड त्रिपाल ३ दशकपछि मात्र उपलब्ध गराउन सकेको भएपनि सरकारी पक्ष भने स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न नसकेको अग्रवालको गुनासो छ । उनले मुलुकमा तिन तहको सरकार रहेपनि त्रिपालका लागि टेण्डर आव्हान गर्दा भारतीय ब्राण्डको सिल्पोलिन नामक त्रिपाल किटान गरेरै टेण्डर आव्हान गर्ने गरेका कारण स्वदेशी उद्योगले प्रोत्साहन पाउन नसकेको गुनासो गरेका छन । नेपाल–भारतबीच खुला सिमाना भएका कारण यसको फाइदा उठाउँदै व्यापारीले भारतीय उत्पादन ‘सिल्पोलिन’ कर नतिरी नेपाल भित्रयाउने गरेको अग्रवालको भनाइ छ । उनले भन्सारमा न्युनबिजकीकरण भएर भित्रिएको भारतीय उत्पादनले कर पनि छली गरिरहेको र स्वदेशी उत्पादनलाई पनि मर्का परिरहेको दावी गरेका छन । सन् १९९९ मा स्थापना भएको यो प्लाष्टिक कम्पनीमा हाल २ सय ५० वढीले रोजगारी पाएका छन ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top